शैक्षिक अवलोकन भ्रमण सम्पन्न

जजन्युज । सुनसरी

नसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ बलाहामा रहेको सूर्य किरण एकेडेमि विद्यालयकाे एक दिवशिय शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत विधार्थीलाई वार्षिक शैक्षिक कार्यक्रम अनुसार मंसिर २२ गते कक्षामा पढेको कुरा प्रत्यक्ष रुपमा अवलोकन भ्रमणमा सिक्न सकाेस भनेर एक दिवशिय शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको हो ।

विधार्थीले कक्षामा पढेको र उनिहरुमा रहेको जिज्ञासा सम्बाेधन गर्ने , सिकाई आदान–प्रदान एवं क्षमता विकासका लागि धरान ओधाेगिक क्षेत्रमा २५ बढी उधाेगकाे शैक्षिक अवलोकन भ्रमण गरिएको हो ।


भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्रहरुको भ्रमण गरिएको विद्यालयका विजनेश शिक्षक प्रमाेद पंडितले जानकारी दिनुभएको छ । व्यवस्थापन संकायका विधार्थीलाई स्थानीय कच्चापदार्थ तथा बाह्य कच्चापदार्थ , उधाेगमा प्रसाेधन गर्ने प्रक्रिया , उत्पादन भएको सामग्री भण्डार र वितरण तथा बजारीकरणकाे विषयमा जानकारी दिने काम भ्रमणमा भएको पण्डितले बताउनुभयाे।


एक दिवशिय शैक्षिक अवलोकन भ्रमणमा शिक्षक नन्दन कर्ण, अमृत चाैधरी सहितको सहभागीता रहेको थियो ।