पतिको खुकुरी प्रहारबाट पत्नीको हत्या
सुनसरी
२०८१ मंसिर २९ गते । सुनसरीकाे धरानमा एक पतिको खुकुरी प्रहारबाट पत्नीको हत्या भएको छ । भोजपुरकाे अरुण गाउपालिका वडा नं. ६ जरायोटारघर भई हाल सुनसरीकाे धरान उप-महानगरपालिका वडा नं. २ पुरानो बजार छेउ स्थित शम्भु श्रेष्ठको घरमा डेरा गरी बस्ने ३७ वर्षिय अमृत रसाईलीले मंसिर २८ गते घरको कोठा भित्र २८ वर्षिया पत्नी सम्झना रसाईलीलाई घरायसी वादविवाद हुँदा खुकुरी प्रहार गरी हत्या गरेको हो । पतीकाे खुकुरी प्रहारबाट घटनास्थलमै सम्झनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । हत्याको घटना भएकोले तत्काल इलाका प्रहरी कार्यालय धरानवाट प्रहरी अधिकृत सहितको टोली खटाई खुकुरी प्रहार गर्ने अमृत रसाईलीलाई गिरफ्तार गरेको जानकारी दिनुभयो । पिडकलाई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ भने मृतकको मंसिर २९ गते विपि काेईराला स्वास्थ्य प्रतिष्ठान धरानमा पाेष्ट मार्टम गरिएको छ।
