नेपाल मुस्लिम संघ काेशी प्रदेश अध्यक्षमा हाजि ईसराईल मंसुरी निर्वाचित हुनुभएको छ । सुनसरीकाे इनरुवामा सम्पन्न भएको संघको दाेस्राे काेशी प्रदेश कार्यसमितिकाे अधिवेशनबाट मंसुरीकाे नेतृत्वमा २३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ । मंसुरीकाे नेतृत्वमा निर्वाचित हुनुभएको छ ।

उपसभापतिदाेयमा माेहमद महताव आलम र माे.बसिर मियांँ, सचिवदाेयमा नईम अन्सारी र हारुन रसिद , सहसचिवमा सलामुद्धिन अन्सारी र काेषाध्यक्षमा आविद अलि अन्सारी चयन हुनुभएको छ ।

एक समावेशी उपसभापति महिला पछि मनोनयन गर्ने भएको छ ।त्ययसैगरि सदस्यहरुमा इर्साफिल शैख, अब्दुल माेजिव, मुवारक मिर्याँ , माे हसैन, सजान मियाँ, गुलजार आलम , जेहरा खातुन , माे इलियास, एजाज अहमद अन्सारी, गुफरान अली, जिन्नत अली, माे अख्तर रेजा,अब्बदुल्ला खान, मो. माेफिद बैग (मुन्ना) र तौवाब अन्सारी निर्वाचित सर्वसहमति रुपमा भएको मुख्य निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता कृष्ण पसाद दहालले जानकारी दिनुभयो ।

29/01/20