अन्तर मावि कबिता बाचन कार्यक्रम सुरु

सुनसरीकाे इनरुवामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिका सुनसरीकाे आयोजनामा अन्तर मावि कबिता बाचन कार्यक्रम सुरु भएको छ ।
“सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार” भन्ने मुल नाराका साथ अर्न्तराष्ट्रिय आप्रवासन दिवस २०२४ मनाउने क्रममा अन्तर मावि कबिता बाचन कार्यक्रम सुरु भएको हो ।

इनरुवाका विभिन्न विधालयकाे विधार्थी प्रतियाेगि हरुकाे सहभागीतामा अन्तर माध्यमिक विद्यालय कविता वाचन प्रतियोगिता सुरु भएको छ ।

इनरुवा नगरपालिकाको सभाहलमा SaMi Safer Migration Programme ले बैदेशिक राेजगार शिर्षकमा प्रतियोगिता सुरु भएको सामीका अधिकृत धिरज भट्टराईले जानकारी दिनुभयो । बैदेशिक राेजगार शिर्षकमा १२ बढी विधालयकाे प्रतियोगिहरु कबिता बाचन गर्नेछ ।
