मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न

जजन्युज । सुनसरी
सुनसरीकाे रामधुनीमा ,अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश २०८१ मनाईएकाे छ । सराेकारवालाहरुसंग छलफल , अन्तरक्रिया र गाेष्ठी गरेर दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।

“बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण (REMI)” परियोजना अन्तर्गत “सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार”का साथ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश २०८१ मनाईएकाे छ ।

दिवसको अवसरमा विदेशबाट फर्केका र जनप्रतिनिधि तथा सराेकारवालाहरुकाे उपस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न गरेको रेमीका शान्ति दनुवारले जानकारी दिनुभयो ।


हेल्भेटास नेपालकाे प्राविधिक सहयोग,रेमी परियोजना र रामधुनी नगरपालिकाकाे आयोजनामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्य र समाजकाे आवश्यकता विषयमा डा नवराज काेईरालाले प्रशिक्षण दिनुभएको थियो ।

त्यसंगरी बैदेशिक राेजगारी र मानसिक स्वास्थ्य विषयमा डा शिर्षकदिप श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । त्यसंगरी कार्यक्रममा नगर प्रमुख शंकरलाल चाैधरी र उपप्रमुख तारा थापाले दिवस तथा बैदेशिक राेजगारकाे बारेमा बाेल्नुभएकाे थियो ।
