सुनसरीकाे इनरुवामा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।


सुनसरी बहुमुखी क्याम्पसमा सिर्जनामा इनरुवाले नियमित कार्यक्रम अन्तर्गत ३५ औं शृङ्खलाको रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे हो ।

रचना वाचन कार्यक्रम संस्थाका अध्यक्ष
लिलानाथ सिलवालकाे अध्यक्षता तथा भरत गुरागाई बर्बरिककाे प्रमुख अातिथित्यतामा सम्पन्न भएको थियो ।

रचना वाचन कार्यक्रममा विशिष्ट अतिथी
बिनोद विवश घिमिरे, संस्थाका सचिव रमेन्द्र कोइराला, सहसचिव राधा सुवेदी, सदस्य द्वारिकाप्रसाद पोख्रेल ,कान्ता पोख्रेल भट्टराई, फणीन्द्रप्रसाद दाहाल,टंक भेटवाल,विष्णु दाहाल,शकुन्तला मन्जरी,झोटन मेहता,शिबनारायन पन्डित,जेबि खत्री,सबिता शर्मा,नन्दनी शर्मा,विष्णु थापा मगर, राधा चौधरी सहितका साहित्यकारहरुले रचना बाचन गर्नुभयो ।