वृक्षारोपण कार्यक्रम सम्पन्न

जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन २३ गते । सुनसरीको दुहवी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा वृक्षारोपण गरिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गणको आयोजना तथा १ नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यमा गणको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन गरिएको हो ।

प्रमुख अथिति गिरीले बर पिपलको बोट रोपेर वृक्षारोपण कार्यक्रम समुद्घाटन गर्नुभएको थियो । गिरी सहित गण प्रमुख प्रहरीउपरीक्षक बिनोद शर्मा लगायत अन्य प्रहरी अधिकृत, जवान तथा प्रशिक्षार्थीहरुले विविध प्रजातिका छ सय बिरुवा रोप्नुभएको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी गिरीले आफ्नो कार्यालय परिसर तथा आफ्नो घर वरीपरी वृक्षरोपण गरी स्वच्छ वातावरण कायम गर्न हरेक प्रहरी कर्मचारीले योग्दान गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले प्रहरी समाजका अगुवा र शान्तीसुरक्षा गर्ने प्रभावकारी निकाय भएकाले सोही प्रहरीबाट सकारात्मक अभ्यास र कार्यहरु गरेको खण्डमा त्यसको असर गाउँसमुदायमा पर्ने भएकाले वृक्षारोपण गर्न निर्देशन दिनुभएको थियो ।

