नेपाल खेलकुद महासंघको १६ औं स्थापना दिवसको अवसरमा प्रथम नेकोस वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता
अनिल श्रेष्ठ । इनरुवा

सुनसरीकाे इनरुवा नगरपालिकामा नेपाल खेलकुद महासंघको १६ औं स्थापना दिवसको अवसरमा प्रथम नेकोस वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ ।

महासंघकाे आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० टिमको सहभागीता रहेको छ । प्रतियोगिताकाे इनरुवा नगर प्रमुख केदार भण्डारीले सनिवार एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।

सनिवार पौष १३ देखि सुरु भएको प्रतियोगिता पुस १६ गतेसम्म चल्ने जनाएको छ । इनरुवाकाे खेल विकास र पहिचानको लागि सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान, इनरुवा-४ मा वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता २०८१ जारी रहेको छ ।


सुनसरीकाे इनरुवालाई खेलमा चिनाउन र स्थानीय खेलाडी उत्पादनमा प्राेत्साहन गर्न वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता गरेको आयोजक नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी, सुनसरीले जनाएको छ ।


उद्घाटनमा प्रमुख अथिति इनरुवाका नगर प्रमुख
केदार भण्डारीले खेल स्वास्थ्य, शारीरिक र मानसिक रुपमा समेत फलदायी भएकोले आयोजकलाई धन्यवाद दिनुभयो ।नेपाल खेलकुद महासंघ केन्द्रिय सचिब विप्लब घोषले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल खेलकुद महासंघका नगर अध्यक्ष सरोज बस्नेतले गर्नु भएको थियो । उक्त कार्यक्रममा खेलकुद महासंघका नगर सचिव कमल प्रसाद उपाध्याय ईनरुवा नगर कमिटीका युथ फोर्स संयोजक सुमित लामा । नेकपा एमाले कोशी प्रदेश सदस्य कालुराम गुरुगं ईनरुवा नगर सचिव विनोद भाई पोखरेल एमाले ३ नं अध्यक्ष चेतराज पोखरेल , जेसी सत्य यादव , एमाले नेता कृष्ण पोखरेल खेलकुद महासंघका केन्द्रीय सदस्य चेतनाथ पौडेल सुनसरी जिल्ला संयोजक विकल पौडेल समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा पोष्ट नेपालले पनी बोल्नुहुदै शुभकामना दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा एमाले नेता पोष्ट कुमार नेपाल ,कृष्ण पोखरेल, विकल पौडेल , इनरुवा ४ का वडाअध्यक्ष वौला लाल मेहता, नेपाल खेलकुद महासंघका सदस्यहरु , एमाले वडा अध्यक्ष राजेश मेहता, समाजसेवी अनिल श्रेष्ठ, सागर श्रेष्ठ, नवराज सुब्बा, यूवराज दादाल, शिव यादव,दिनेश शिवा, सत्य यादव, ताहिर हुसैन,इन्दु नेपाल ,विकल रेग्मी सहितको उपस्थिति रहेको थियो ।
