सात दिवसीय प्राथमिक शिक्षा वर्ग (विशेष) उद्घाटन सत्र
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सात दिवसीय प्राथमिक शिक्षा वर्ग (विशेष) – २०८१ को बिराटनगर स्थित अतिथि सेवासदनमा उद्घाटन सत्र सम्पन्न भयो।

कार्यक्रममा सङ्घको माननीय राष्ट्रिय सञ्चालक श्री कल्याणकुमार तिमिल्सिन, माननीय राष्ट्रिय प्रचारक श्रीमान वेद प्रकाश, प्रमुख वक्ता तथा मुख्य अतिथि डाक्टर सुन्दरमणि दीक्षित, वरिष्ठ समाजसेवी श्री देवकिशन मुन्द्रा, कोशी सम्भागको कोशी सम्भागको माननीय सञ्चालक श्रीमान सियाराम रोनियार राष्ट्रिय कार्यवाह मुरली निरौला, राष्ट्रिय सह-कार्यवाह महेन्द्र साह, रन्जित शाहको उपस्थिति रहेको छ। कार्यक्रममा ४ प्रदेशको २०० भन्दा बढी दायित्वधारी कार्यकर्ताहरूको सहभागिता रहेको छ।
