देवराज यादव, सुरेन्द्र कुशवाहा, अनिल श्रेष्ठ । इनरुवा
इनरुवा , पुस १८ गते । सुनसरीको इनरुवा नगरपालिकाले आफ्नो चामासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

नगरका नागरिकसंगको समपन्न भएका विकासका गतिविधिहरु, प्रवाह गरेको सेवा र कार्यक्रमहरु प्रति नागरिकको सुझाव, प्रतिकृया लिन र आफ्नो चौमासिक प्रगति विवरण प्रस्तुत गर्दै विहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत चालु आर्थिक वर्षको आम्दानी, खर्च तथा अधावधिक विवरण र सम्पपन्न गरेको योजनाहरुको सार्वजनिक सुनुवाईमा प्रस्तुत गरेको हो ।

नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म सञ्चालन भएका, सम्पन्न भएका योजना तथा कार्यक्रम समग्र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो ।


प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले नगरपालिकाले आव २०८१÷०८२ मा ल्याएको अनुमानित बजेट ९३ करोड ९६ लाख २६ हजार ४९ रुपियाँ ६९ पैसा मध्ये चौमासिकसम्ममा २५ करोड २२ लाख ९८ हजार ५९७ रुपियाँ १६ पैसा अर्थात हालसम्म कुल बजेटको २६ दशमलव ८५ प्रतिशत खर्च भएको अवस्था रहेको जानकारी दिनुभयो ।

चालु तर्फ ३७ दशमलव ३१ प्रतिशत तथा पुर्जीगत तर्फ ८ दशमलव ६ प्रतिशत खर्च तथा समग्र खर्च केक कती भएको छ भन्ने विवरण सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको छ ।

प्रस्तुतत विवरण अनुसार चालु तर्फ ५९ करोड ७३ लाख ७९ हजार ६०४ रुपियाँ ४९ पैसा बजेटमा २२ करोड २८ लाख ७४ हजार ११२ रुपियाँ २२ पैसा खर्च भएको भएको छ । यस्तै नगरपालिकाले पुजींगत ३४ करोड २२ लाख ४६ हजार ४९० रुपियाँ ९४ पैसा बजेट मध्ये दुई करोड ९४ लाख २४ हजार ४८४ रुपियाँ ९४ पैसा खर्च भएको छ ।


प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले राजस्व सङ्कलनको अवस्था, नगरपालिकाका सबै शाखा प्रमुखले तयार गरेको प्रगति प्रतिवेदन सुनाउनुभएको थियो । उठेका विभिन्न विषयमा सवाल जवाफ गरीएको थियो । नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेकोले झण्डै एक सय ६० बढी सरोकारबालाहरुको बीचमा भव्यताका साथ सुनुवाई गरिएको नगरका प्रमुख प्रशासकिय अधिकृत निरौलाले बताउनुभयो । सार्वजनिक सुनुवाइमा नगरका सर्वधारण सेवाग्राही, नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, संचारकर्मी समेतको उपस्थिती रहेको थियो । नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोतर तथा सुझाव र प्रतिकृया राखेको थियो । साझेदारी नेपालको सहजीकरणमा इनरुवा नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनवाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको निरौलाले बताउनुभयो । सम्पन्न भएको कार्यक्रममा सहभागी सरोकारवालाहरूले नगरमा सुशासनका लागि कामकार्वाही पादर्शी हुनुपर्ने, जनसहभागीतामा विकास र कार्यक्रमहरु हुनुपर्ने र विकासमा गुणस्तर कायम हुनुपर्ने सहितका सुझावहरु राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक सिताराम पौदारले जेष्ठ नागरिकहरु सहित नगरका अगुवाहरुलाई सम्मान कार्यक्रम गर्नुपर्ने, मधेसका नेता गजेन्द्र नारायण सिंह सहितको तस्विर कार्यालयहरुमा राख्नुपर्ने, विकासका काम पारदर्शि रुपमा हुनुपर्ने सुझाव दिनुभय


त्यसैगरी जितन प्रसाद मेहताले किसानलाई विउँ, मल र सिचाईका लागि सरकारले अनुदानको व्यवस्था मिलाउनुपर्ने, नवदुर्गा बचत तथा ऋण सहकारी संस्थामा राखेको बचनहरु फिर्तामा समस्या रहेकाले नगरपालिकाले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
अर्का सहभागी कुमार भट्टराईले इनरुवा ३ को निर्माण भएको सडकहरुमा ढकन सहितको नाला बनाउनुपर्ने, किसानमैत्री काम गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी सहकारीकर्मी सदानन्द साहले बालमन्दिरदेखी जिल्ला समन्वय समितिसम्मको बाटो निर्माण र ढल निकासमा ध्यान दिनुपर्ने, कृषि सहकारी संस्थालाई कोटा अनुसार नभएर आवश्ता अनुसारको मल दिनुपर्ने सुझाव दिनुभयो ।


अर्का सहभागी देवराज यादवले सहकारी, कृषि र पशु शाखाको काम प्रभावकारी हुनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी रामबहादुर थापाले नगरको सडक, शिक्षा, सरसफाई, सिचाई, कृषि, खेलकुद, स्वास्थ्यमा निशुल्क औषधी हुनुपर्ने सहितको क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नगरमा खेल मैदान निर्माण गर्नुपर्ने, कुस्ती, फुटबल, बास्केट बल, भलिवल, क्रिकेट मैदान बनाउनुपर्ने र खेलाडी उत्पादन हुने गरि खेलकुदको आयोजना गर्नुपर्ने सुझाव दिनुभयो ।


अर्का सहभागी शिवकुमार यादवले पोलबती नबलेको विषयमा नगरले ध्यान दिनुपर्ने, सडक निर्माणमा ध्यान दिनुपर्ने, खेलकुद प्रशिक्षकको व्यवस्था गर्नुपर्ने, युवाहरुका लागि खेलकुद कार्यक्रम ल्याउनुपर्ने, उपभोक्ता समितिलाई काम दिदाँ मापदण्ड बनाउनुपर्ने, खेलकुद रंगशाला बनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपाली काग्रेंसकी नगर उपसभापती विनिता दाहालले महिलाहरुलाई तालिम दिनुपर्ने, लैगिक हिसाँ विरुद्धका अभियानहरु चलाउनुपर्ने, योजना निर्माणमा स्थानीयहरुलाई सहभागिता गराउनुपर्ने, स्थनपान कक्ष व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी दिनेश कोईरालाले कृषिमा लागेकाहरुलाई अनुदान सहितको सम्मान गर्नुपर्ने, चिस्यान केन्द्र बनाउनुपर्ने, गुग्ध उत्पादन तथा संकलन र वितरण गर्ने सहकारी वा फर्मलाई गाडिको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो ।


उधोग बाणिज्य संघका सदस्य वीरेन्द्र साहले सहकारी ठकहरुलाई कार्वाही गर्नुपर्ने, निक्षेपकर्ताहरुलाई बचन फिर्ताका लागि पहल गर्नुपर्ने, ढल निकास, बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने, सडक अधिक्रमण हटाउनुपर्ने, म्याजिक, सिटि र टेम्पो स्टेण्डको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो । पूर्व प्रहरी रमेश कार्कीले भलिबल, कराते सहितको विभिन्न खेलकुदको आयोजना गर्नुपर्ने र नगरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व वडा अध्यक्ष रामचन्द्र पोदारले स्तरीय खेल मैदान निर्माण गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने र नागरीकमैत्री काम हुनुपर्ने सुझाव दिनुभयो ।इनरुवा नगरपालिकाले आर्थिक वर्ष ०८१।०८२ मा हालसम्म सम्पन्न गरेका काम, योजना, नीति तथा कार्यक्रमहरूको समीक्षा समेत गरिएको जनाएको छ ।

कार्यक्रममा सरोकारवालाहरूले इनरुवा नगरपालिकाको विकासको कामप्रति सन्तुष्टि जनाएको भएपनि गुणस्तरीयतामा भने प्रश्न उठाएको छ । इनरुवा नगरपालिका सुनसरीको सदरमुकाम भएकोले यसमा विकास, सुशासन र पारदर्शितामा जोड दिएका छन् । नगरपालिकाको काम तथा गतिविधिप्रति नागरिक समाजको तर्फबाट सरोकारवालाहरूले प्रश्न उठाएका थिए । प्रश्न राख्दै स्थानीयले इनरुवाको विकासका काम सेटिङमा मात्रै भएको आरोप लगाएका थिए । वडा तथा नगरका कार्यक्रमहरू र अनुदानमा समेत पारदर्शिता नभएको गुनासो गरेका थिए । नगरपालिकामा मिसनभन्दा कमिसन हावी भएकोले यसमा सुधार गर्नुपर्ने सहभागीहरुले सुझाव दिनुभयो ।


सहभागी रमेश कार्कीँले शहरमै सार्वजनिक सौचालय नभएको, सुपर मार्केको भवन जिर्ण भएको, विरुवा उमे्रको, टेम्बो स्टेन, सिटी स्टेन, मोटरसाइकल पार्किगंको व्वस्था किन नगरेको ? नगर सौन्दर्यको कुरा खोई ? बालबालिकाहरुको खेलकुदको व्यवस्था खोएै , किसानको समस्या समाधान गर्ने उपाय खोई ? नगर सरकारसंग भनेर प्रश्न गर्नुभयो । मोहन कुमारले समेत खानेपानी, शिक्षा, स्वास्थ्य र सिचाईको बारेमा प्रश्न गर्नुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज निरौलाले विगतको भन्दा तुलनात्मक रुपमा विकासको काम राम्रो भएको बताउनुभयो ।कार्यक्रममा इनरुवा नगरपालिकाका सबै शाखा प्रमुख तथा कर्मचारीहरु, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, नागरिक समाज, कलाकार, प्रधानाध्यापक, शिक्षक, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा इनरुवा नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहता, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष अनिल पोखरेल, वडा नम्बर ६ का वडा अध्यक्ष सुमन थापा, वडा नम्बर ७ का वडा अध्यक्ष हिक्कमत सिंह खबास, वडा नम्बर ८ का वडा अध्यक्ष असोक साह तेली, वडा नम्बर ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र वडा नम्बर १० का वडा अध्यक्ष खलिल मियाँ सहितको उपस्थिती रहेको थियो । नगरपालिकाको सार्वजनिक सुनुवाईमा इनरुवा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष विश्वनाथ ठाकुर र वडा नम्बर ४ का वडा अध्यक्ष बौवालाल मेहता, अनुपस्थित रहनुभयो । कार्यक्रमको सहजिकरण साझेदारी नेपालका जयकृष्ण यादवले गर्नुपर्ने भएकोथियो ।