रामधुनीमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा , पुस १९ गते ।
सुनसरीकाे रामधुनीमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटि मण्डप, काठमाडौंकाे आयोजनामा निःशुलक स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

शुक्रबार रामधुनी नगरपालिका १ काे निर्माणधिन झुम्का आधारभूत अस्पतालको प्राङ्गणमा भएको निःशुलक स्वास्थ्य जाँच शिविरमा ४०० बढीला सेवा दिएको आयोजकले जनाएको छ ।

रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहा, सुनसरीकाे प्राविधिक सहयोगमा नगरका स्थानीयलाइ सेवा दिएको वताउनुभयाे ।

काेषका सदस्य सचिव मेघराज न्याैपानेले आफुहरुले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर रामधुनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयकाे सहकार्यमा झुम्कामा स्वास्थ्य शिविर गरेको बताउनुभयो ।

काेषकाे सहयोगमा सुनसरीमा पहिलोपटक आयोजना गरेको शिविरमा चार सय जना बढीले स्वास्थ्य जाँच, परिक्षण तथा निशुल्क शिविर गरेको न्याैपानेले जानकारी दिनुभयो रामधुनी वडा नं १ मा निःशुल्क बृहत स्वास्थ्य शिविरमा अस्पतालसम्म पहुँच नपुगेका नागरिक तथा बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि सप्तकोसी न्युराे अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।

सप्तकोशी न्यूरो अस्पतालका विशेषज्ञहरू डा. रामबाबु गिरी,वरिष्ठ न्यूरो सर्जन , डा. माधव देव,वरिष्ठ जनेरल तथा ल्याप्रोस्कोपिक सर्जन, डा. मिराज आलम, डा. हरिशंकर यादव,डा. अमित कुमार शाह, डा. पुष्कर निरौला, डा. पुजा दास ,डा. उरुसा साह सहितले सेवा दिनुभएको थियो । शिविरमा निःशुल्क बिरामी जाँच ,ई.सी.जी, एक्स-रे सहितको सेवा दिएको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमाेद चाैधरीले जानकारी दिनुभयो।


आधा दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट नगरका चार सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन्। शिविरबाट विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराएको थियो। निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो।


