हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन
हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन भएको छ । समापन समारोहको प्रमुख अतिथिमा सर्वोच्च अदालतको पूर्व सम्माननिय प्रधान न्यायाधीश श्री गोपाल पराजुली, विशिष्ट अतिथिहरुमा नेपाल प्रहरीको पूर्व AIG तथा हिन्दू स्वयंसेवक संघको माननीय राष्ट्रिय माननीय संघचालक श्री कल्याण कुमार तिमिल्सिना, राष्ट्रिय माननीय सह संघचालक श्री विष्णु प्रसाद पौडेल, कोशी संभागको माननीय संघचालक श्री सियाराम रौनियार, सह संघचालक विश्वनाथ दाहाल मञ्चासिन हुनुहुन्थ्यो।

कार्यक्रममा संघको विचार मान्नुहुने सयौ महानुभावहरूको अतिथिहरुको आगमन भएको थियो भने समापन समारोह विराटनगरको जैन तेरापन्थ भवनको प्राङ्गणमा भएको थियो।

यो विशेष वर्गमा कोशी, जनकपुर, बागमती र गण्डकी गरी २०० भन्दा बढी दायित्वधारी कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

यही संघलाई भारतमा राष्ट्रिय स्वयंसेवक संघ (RSS) भनिन्छ। यो संघ विश्वको ६५ वटा देशमा समाजसेवाको क्षेत्रमा क्रियाशील रहेको छ। नेपालको पनि ७७ वटा जिल्लामा क्रियाशील रहेको छ।

