जजन्युज संवाददाता

काेशी ।

सुनसरीकाे काेशी गाउँपालिकामा जिल्लाका १३ जना आपांगता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरेको छ । सामाजिक जीवन केन्द्रले कतार च्यारेटीकाे सहयोगमा शारीरिक तथा हातले केही गर्न , खुट्टाले हिड्नमा समस्या भएका १३ जना आपांगता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरेको हो  ।

जिल्लाका ९ जनालाई ट्राई चियर र चार जनालाई ड्राई साईकल सहितको साहायक सामग्री वितरण गरेको जनाएको छ । कतार च्यारीकाे सहयोग सामग्री हस्तान्तरण गरेको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसैनले जानकारी दिनुभयाे ।

कोशी गाउँपालिका वडा नं – ३ स्थित  सामाजिक केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सहयोग सामग्री हस्तान्तरण गरिएको हो। कतार च्यारेटी नेपालको सहयोग एवम सामाजिक जिवन केन्द्र नेपालको सहकार्य तथा कोशी गाउँपालिकाको समान्वयमा चार जनालाई ट्राई साइकल र नौ जनालाई ह्विल चियर हस्तान्तरण गरिएको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हुसैनले जानकारी दिनुभयाे ।


फरक क्षमता अर्थात अपांगता भएका व्यक्तिहरुलाई ट्राई साइकल र ह्विल चियर प्रमुख अथिति एवं  कोशी गाउँपालिका अध्यक्ष एेयुब अन्सारीले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण  तथा वितरण कार्यक्रममा कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल , काेशी ३ का वडा अध्यक्ष सुलेमान अन्सुरी, समाज सेवी फरिद अन्सारी, पत्रकार जयकृष्ण यादव , मिकाईल आलम लगायतको उपस्थित रहेको थियो।