सुनसरीको गढी गाउँपालिका सदरमुकाम इनरुवासगैं जोडिएको स्थानीय तह । ६ वटा वडा रहेको यो गाउँपालिका तराई भूभागमा अवस्थित कोशी प्रदेश अन्तरगत सुनसरी जिल्ला अन्तर्गत रहेको छ । साबिकका मधेली, औरावनी, छिटाहा र सतेरझोडा गरी ४ वटा गा.बि.स.हरु मिलाई गढी गाउँपालिका गठन गरिएको हो ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल ६७.७ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पूर्वमा दुहबी नगरपालिका, पश्चिममा ईनरुवा नगरपालिका, दक्षिणमा बर्जु गाउँपालिका र उत्तरमा ईटहरी उपनगरपालिकासँग सिमाना जोडिएको छ  ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट विजयी हुनुभएका आशनारायण चौधरी अध्यक्ष हुनुहुन्छ । उहाँसँग गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानी ः


यहाँले निर्वाचनका क्रममा जनतासँग गर्नुभएको प्रतिबद्धता के कति पूरा गर्नुभएको छ ?

मैले निर्वाचनको क्रममा जनतासँग गरिएका प्रतिबद्धता पूरा हुदैछ , केही भएको छ, केही हुने क्रममा छन् । निर्वाचनअघि उम्मेदवार हुँदा जनतासँग गरिएका भौतिक पूर्वधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, युवा स्वरोजगार, पर्यटन लगायतका क्षेत्रको विकास र विस्तारका वाचा क्रमशः पूरा गर्दै आएको छु । गाउँपालिकाभित्रका कच्ची बाटोलाई कालोपत्रे, ढलान तथा उच्चस्तरी विकासका काम गरिरहेका छौं । विगतका ग्राभेलहलाई कालोपत्रेमा स्तोरोन्नती गर्दै पहिलो वर्षमा सात किलोमिटर, दोस्रो वर्षमा पाँच किलो मिटर चालु आर्थिक वर्षमा १० किलोमिटरमा कालोपेत्र बनाइरहेका छौं । करिब सतप्रशित नै कृषिमा आश्रित यहाँका नागरिकको कृषि उत्पादन वृद्धिका लागि समयमा धान पकेट, मकै पकेट कार्यक्रम, किसानलाई क्षमता विकाससगैं कृषि सामग्री, मलखाद र उन्नत बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउदै आएको र अभावका बीचमा पनि मल आपुर्तीमा पालिकाले विशेष भूमिका निर्वाह गरिरहेको छ । किसानलाई निर्वाहमुखी कृषिबाट व्यवसायीमुखी, परमपरागत शैलीलाई यान्त्रिकिरण गरि कृषि उत्पादन तथा तरकारी खेतीमा सहयोग गर्दै आएका छौं । स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार व्यवस्थापन गरिएको छ । हाम्रो गाउँपालिकामा खाद्यान्न, तरकारी तथा दलहन बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले भूमिगत पानी तान्ने पम्प सेट, पिड बोरिगंको व्यवस्था र खनजोतका लागि समेत उपकरण, विषाधी छर्ने स्प्रे मेसिन वितरणको व्यवस्था मिलाइएको छ । गढी १ मा मकैं पकेट कार्यक्रम, गढी ३ र ४ नम्बर वडामा धान जोन तथा मकै पकेट कार्यक्रम सञ्चालन गरिएको छ । मुल विउँ उत्पादन तथा प्रसोधनमा समेत काम अगाडि बढाएका छौं । मौसमी तथा बेमौसी मकैं र धानका लागि समेत प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौं । म निर्वाचनको बेला जनता माझ शासक होईन सेवक भएर काम गर्ने, विकासको काम गर्ने र सुशासनका लागि काम गर्ने बाचा र प्रतिवद्धता जनाउदै भोट मागेको र गाउँबासीहरुले निर्वाचित गराएपछि आफूले गरेको बाचाहरु क्रमशः पुरा गर्दै आएको छु । जतनाको सेवामा नियमित लागेकालेले मेरो बिचारमा ६० प्रतिशत बढी बाचाहरु पुरा गरेको जस्तो लाग्छ ।

यहाँले आफ्नो गाउँपालिका अध्यक्षको पदभारग्रहण गर्दाको अवस्था अहिले काम गर्दाको अवस्थामा के फरक पाउनुभयो ?
हामी निर्वाचित अध्यक्ष सहित सबै वडा अध्यक्षहरु, सदस्यहरुले उत्साहित भएर धेरै काम गर्ने इक्छा, जोस र जागर रहेकोमा हाम्रो सिमित स्रोत, साधनका बीचमा काम गर्नुपर्दा सोचे जस्तो नभएपनि सन्तोशजनक काम गर्न पाएकोमा खुसी नै छु । खासै फरक मलाई लागेको छैन किनभने जनताको सेवा गर्न आएको सेवा गरिरहेकोछु । म राजनीतिक भन्दा फरक क्षेत्रबाट आएकोले केही मात्रामा अप्ठायारो होला की जस्तो लागेको थियो तर गाउँबासीहरु र कर्मचारी साथीहरु समेतको साथ र सहयोगले सहज नै छ ।

हाल तपाईको गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार भएका छन् ?
प्राथमिक स्वास्थ्य केन्द्र सतैरझोरा भुतबंगला जस्तो बनेकोमा आफू आएपछि अहिले चिकित्सकको सेवा, निशुल्क औषधी, प्रसुती सेवा सहितको सेवा प्रवाह गरिरहेका छौं । कितपय विद्यालयमा विषयगत शिक्षक अभावले अध्यापन प्रभावित भइरहेको अवस्थामा गाउँपालिकाले आन्तरीक व्यवस्थापन गरिएको छ । चिकित्सकसगैं इटहरी आखाँ अस्पातलसंग समन्वय गरेर आखाँ सम्बन्धी सेवा र अन्य अस्पतालसंगको समन्वयमा स्वास्थ्य शिविर सहित अन्य लाभदायक काम गर्दै आएका छौं । गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सफल भएका छौं । शिक्षामा पनि राम्रो काम गर्ने प्रयास स्वरुप यहाँ रहेको सरस्वती मावि औरावनीमा प्राविधिक धारको कक्षा, जनता मावि सतैरझोरामा कक्षा ११ को पठाई सुरु गरेका छौं । आधाधारभूत र माध्यमिक विद्यालयमा विधार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गरेका छौं । सामुदायिक विद्यालयमा भौतिक तथा शैक्षिक वातावरण सन्तुलन राख्न काम गरेका छौं । पाँच वर्षसम्मका बालबालिकाको पोषण जाँच गरी कुपोषित बालबालिकालाई स्वस्थ बनाउन विभिन्न कार्यव्रmम गरिएको छ । गाउँपालिकामा सिलान्यास भएर अगाडि नबढेको १५ शैयाको अस्पताल निर्माणका लागि प्रव्रिmया अगाडि बढाउने र एक वर्षभित्रै सञ्चालनको तयारीमा हामी छौं । गाउँवासीको स्वास्थ्य लाभ र सेवासुविधाका लागि साविकको चार गाविस बाहेक अहिलेको ६ वटै वटामा स्वास्थ्यकर्मी सहितको स्वास्थ्य केन्द्रको विस्तार भएको र सबैमा नियमित सेवा, उपचार र निशुल्क औषधी वितरण गरिएको छ ।
कृषिमा पशुपालन किसानका लागि के कस्तो काम गर्नुभएको छ ?
कृषिसगैं पशुपालक किसानका हितामा पनि काम गरेका छौं । उन्नत जातको खसीबोका, र गाईभैसीमा कृतिम गर्भधान कार्यक्रम, पशुमा बन्ध्याकरण, मेडिकल उपचार गर्ने, प्राविधक सेवा उपलव्ध गराउने, माईनर सजिर्कल उपचार गर्ने, गाईनोलोजिकल उपचार सेवा, प्रयोगशाला परीक्षण कार्यक्रम, इपिडेमियोजोजीकल रिर्पोटिंग नमुना संकलन, खोप कार्यक्रमहरु पीपीआर, खोरेत, क्लासिकल स्वाईन फिवर, रेबीज खोप सहित किसानको माग अनुसार पशु स्वास्थ्य शिविर कार्यक्रम, महामारीको रोग नियन्त्रण सहितको काम पनि हामीले गरेका छौं ।
विकासमा पछि परेको यो पालिकामा भौतिक पूर्वाधार तर्फ देखिने काम के के गर्नुभयो ?
हाम्रो बार्षिक ५ किलोमिटर कालो पत्रे सडक निर्माण, १० किलोमिटर सडक ग्राभेल गर्ने काम, दातृ निकायको साझेदारीमा सुरक्षित आबाश निर्माण कार्यक्रम अन्तरगत २० वटा घर निर्माण गरि मुसहर दलित सुकुम्बासीहरुलाई हस्तान्तरण गर्ने क्रममा छौं । त्यसैगरी वडा कार्यालय भवन निर्माण, गाउँपालिकाको प्रसानिक भवनको माथिल्लो तला थप को काम निर्माणधिन अवस्थामा र बाल विकास केन्द्र भवन निर्माण सहितको काम भएको छ । जुन जनताले प्रत्यक्ष देखिने र लाभ समेत लिईरहेको अवस्था छ ।
गाउँपालिकाको दिगो आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ?
यो ग्रामिण गाउँपालिकाको दिगो आन्तरिक आर्थिक स्रोत अन्तर्गत सना हाटको ठेक्का, घरजग्गा राजस्व, उधोगको कर, घर बहाल तथा व्यवसाय कर न्यून छ  ।
गाउँपालिकाको काम कारबाहीमा के कस्ता चुनौतीको सामना गर्दै हुनुहुन्छ ?
गढी गाउँपालिकाको चुनौती भनेकै स्थानीय भन्दा राजनीतिक प्रतिसोध र निराधार आरोप, फेसबुकमा बदनाम गर्ने, अफबाहका कुरा गर्ने कुसंस्कृति रहेको छ । विभिन्न विकास निर्माणका काममा विपक्षी दलका नेता तथा कार्यकर्ताको दबाब आउने हुँदा चाहेरपनि निर्वाद रुपमा काम गर्न समस्या भएको छ । अरु आफू इमान्दार भएर काम गर्दा सहज नै भएको छ ।
यहाँका दलित, सुकुम्बासी तथा विपन्न नागरिकका समस्यालाई कसरी हेर्नुभएको छ ?
हाम्रो गाउँपालिकामा दलित, विपन्न तथा गरिब वर्गको पनि बाहुल्य छ । उनीहरूको उत्थानका लागि सुरक्षित आवाश कार्यक्रमदेखी विभिन्न प्रकारका सहयोगात्मक कार्य गरिरहेका छौं । विभिन्न प्रकार अभियानहरु लैगिंक हिंसा न्युनिकरण अभियान, नारी दिवश, बालविवाह मुक्त सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गरिहेका छौं ।
अन्त्यमा केही भन्नुहुन्छ की ?
हामीले चुनावका बेलामा गरेको बाचा अनुसार विपन्न, गरिब, दलित, अपांगता भएका तथा सिमान्तकृत समुदायका नागरिक बिरामी भएको खण्डमा आकस्मीक सेवामा सहयोग गर्दै आएका छौं । मलाई साथ र सहयोग दिने, मतदान गर्ने सबै गाउँ तथा वडाबासीहरुमा हार्दिक अभार व्यक्त गर्न चाहन्छु ।