सुनसरीको इनरुवामा विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रमको दोस्रो सृखला सम्पन्न भएको छ । इनरुवा २ को राराजी रामजी मावीमा विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रमको दोस्रो सृखला सम्पन्न भएको हो । विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रममा दर्जन बढी बाल साहित्यकारहरुले रचना बाचन गरेको र भव्यताका साथ दोस्रो सृखला सम्पन्न भएको गरेको आयोजक संस्थाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो ।

शुक्रबार विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रम नारायण प्रसाद मेहताको प्रमुख आथित्यता र संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको जनाएको छ ।

रमेन्द्र कोइरालाले संचालक गर्नुभएको कार्यक्रममा राधा सुवेदी, सहसचिव द्वारिका पोख्रेल सदस्य कान्ता पोख्रेल सदस्य, भरत बरर्बरिक, गायक झोटन मेहता, पृन्ष प्रमोद दाहाल, शिक्षकहरू तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।