नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन
नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन भएको छ । पदस्थापना तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र उच्च शिक्षा हासिल गरेको महिलालाई सम्मान कार्यक्रममा दुहबी नगर कार्य समितिले पदभार ग्रहण गरेको हो । नेपाल यादव सेवा समिति नगर कमिटि दुहवीका अध्यक्ष गोविन्द यादव सहितको पदभार ग्रहण गरेको हो ।

समिति वरिष्ठ उपाध्यक्ष डा. अशोक यादव, उपाध्यक्ष अम्बीका यादव, सचिव ई. निश्चल यादव, सह-सचिव दिनेश कुमार यादव , कोषाध्यक्ष मन्जु देवी यादव सहितको पदभार ग्रहण भएको हो ।

त्यसैगरी सदस्यहरु गोपी यादव,रामप्रताप यादव, प्रमेश्वर यादव,नविन कु. यादव, रामेश यादव, केदार यादव,पवित्रा देवि यादवले समेत पदभार ग्रहण गरेको हो ।

सल्लाहकारहरु अशिष कुमार यादव, विद्यानन्द यादव,संजय कुमार यादव, गंगाराम यादव, संजय कुमार यादव रहनुभएकाे छ ।
