यादव समुदायका उच्च शिक्षा हासिल गरेका छोरी बुहारी सम्मानित
अषिश कुमार यादव । सुनसरी
पुस २७ गते । सुनसरीको दुहवी नगरपालिकामा छोरीबुहारीलाई प्रोत्साहन गर्न र शिक्षा तर्फ आकर्षित गर्ने उदेश्यका साथ यादव समुदायका उच्च शिक्षा हासिल गरेका छोरी बुहारीलाई सम्मान गरेको छ ।

छोरी बुहारीहरु विभिन्न संघर्षका बीचमा पनि उच्च शिक्षा हासिल गरेर समुदायमा स्थापीत भएको भन्दै सम्मानित गरेको नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीका अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

यादवले मधेसी समुदायको छोरीबुहारीलाई अझै शिक्षाबाट बन्चित गर्ने गरेको गुनासो रहेकाले आफूहरु यादव समुदायका उच्च शिक्षा हासिल गरेका छोरी बुहारीलाई सम्मानित गरेको बताउनुभयो ।

सम्मानित छोरी बुहारीहरुमा रन्जना यादव, देवसुन्दरी यादव, गिता यादव, अन्जु यादव, रिता यादव, मन्जु यादव, सिता यादव, रामवती कुमारी यादव, इन्दु यादव, सुश्मा यादव, अंकिता यादव, निकिता यादव, प्रिया यादव, भुमिका यादव, सरिता यादव, पुनम यादव, किरण यादव, अन्जली यादव, मन्जु यादव, पुष्पा यादव लगायतका रहनुभएको छ । उता नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन भएको छ ।

कार्यक्रममा विषेश अथिति दुहवीका नगर प्रमुख वेदनारायण गच्छदारले देशको प्रमुख १० जाती भित्र रहेको यादव समुदायको जनसंख्या दुहबीमा अन्य स्थानीय तहको भन्दा कम संख्या भए पनि सार्थक उपस्थिति रहेको चर्चा गर्नुभयो । यहाँले नेपाल भारत र सार्क मुलुक मात्रै नभई समग्र सनातनको जननी भगवान कृष्णको सन्तान यादवहरु भएकोले उहाँहरुको प्रेरणामा आफू पनि लागेको र साथ सहयोग जारी रहने बताउनुभयो ।

यस नगरपालिकामा यादवहरुको पक्षमा आफूले सक्दो काम गर्ने बताउनुभयो । उहाँले यादवहरुको इतिहासको चर्चा गर्नुहुदै पूर्व राष्टपती रामवरण यादव, निर्वाचन आयुक्त अयोद्धि प्रसाद यादव, उपराष्टपती रामसहाय प्रसाद यादव, पूर्व उपप्रधान तथा परराष्टमन्त्री उपेन्द्र यादवसम्मको योगदानको बारेमा बोल्नुभयो । उहाँले यादवहरुको एकताले देशमा सार्थक सन्देश दिएकाले उदाहरण समेत यादवलाई नै लिने गरेको र अनुयायी समेत भएको बताउनुभयो ।
