अषिश कुमार यादव । सुनसरी
पुस २७ गते । नेपाल यादव सेवा समिति दुहवीले
गोरखापत्र दैनिकका इनरुवा समाचारदाता तथा जजन्युजका सम्पादक  जयकृष्ण यादव  सहित ७ जना पत्रकार सम्मानित हुनुभएको छ ।

समितिको पदस्थापना तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष राजेश विद्रोही यादव, रेडियो नेपालकर्मी रेडियो नेपालका आषिश यादव , नेपाल टेलीभिजनका सन्तोश यादव, गनेश कुमार यादव, सत्य संसार साप्ताहिकका विनायक प्रसाद यादव र दिपेन्द्र कुमार यादवसहित यादव समुदायका ७ पत्रकारहरुलाई सम्मान गरेको छ । 

सम्मानित पत्रकारहरुलाई दोसल्ला र सम्मान पत्रका साथ उहाँहरुलाई सम्मानित गरेको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

त्यसैगरी नगर क्षेत्रका छोरी र बुहारी सहितका उच्च शिक्षा उत्तीर्ण महिलाहरूलाई सम्मान गरेको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार नयाँ कार्य समितिको पदभार ग्रहण सहित तथा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । दुहबीमा नेपाल यादव सेवा समिति नगर कमिटि दुहवीको पदस्थापनको अवसरमा ५० जना जेष्ठ नागरिक, पाँच पत्रकार तथा २० बुद्धिजिवी र ३० जना महिला (१०+२ उत्तीर्ण) हरूलाई सम्मान गरेको हो ।

यादव समुदायका ६५ वर्ष बढी उमेर समूहका जेष्ठ नागरिकलाई समाजमा योगदान गरेको जिउदो इतिहास भएको भन्दै दोसल्ला र सम्मान पत्रका साथ सम्मानि गरेको समितिले जनाएको छ ।


कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य रामदेव यादवले दुहवीमा यादवहरुको एकता, संस्कृति र संस्कार संरक्षण गर्ने उदेश्यले आयोजित कार्यक्रमले सार्थक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र महिला (१०+२ उत्तीर्ण) हरूलाई सम्मान तथा साँस्कृतिक झाँकी सहित गरेर सामुदायको सदभाव समेत झल्काएको बताउनुभयो । उहाँले नेपालमा कुल जनसंख्याको चार प्रतिशत अर्थात १२ लाख बढी रहेको यादव समुदायको उपस्थितिले देशको संख्यात्मक मात्रै नभई गुणात्मक फड्को मार्न समेत यसप्रकारका कार्यक्रमले योगदान गरेको बताउनुभयो ।


त्यसैगरी दुहवीका नगर प्रमुख वेदनारायण गच्छदारले देशको प्रमुख १० जाती भित्र रहेको यादव समुदायको जनसंख्या दुहबीमा अन्य स्थानीय तहको भन्दा कम संख्या भए पनि सार्थक उपस्थिति रहेको चर्चा गर्नुभयो । यहाँले नेपाल भारत र सार्क मुलुक मात्रै नभई समग्र सनातनको जननी भगवान कृष्णको सन्तान यादवहरु भएकोले उहाँहरुको प्रेरणामा आफू पनि लागेको र साथ सहयोग जारी रहने बताउनुभयो ।

यस नगरपालिकामा यादवहरुको पक्षमा आफूले सक्दो काम गर्ने बताउनुभयो । उहाँले यादवहरुको इतिहासको चर्चा गर्नुहुदै पूर्व राष्टपती रामवरण यादव, निर्वाचन आयुक्त अयोद्धि प्रसाद यादव, उपराष्टपती रामसहाय प्रसाद यादव, पूर्व उपप्रधान तथा परराष्टमन्त्री उपेन्द्र यादवसम्मको योगदानको बारेमा बोल्नुभयो । उहाँले यादवहरुको एकताले देशमा सार्थक सन्देश दिएकाले उदाहरण समेत यादवलाई नै लिने गरेको र अनुयायी समेत भएको बताउनुभयो ।  


कार्यक्रममा नेपाल यादव सेवा समितिको सुनसरी अध्यक्ष देवकृष्ण यादव, उपाध्यक्ष ओमप्रकाश यादव, विधानन्द यादव, राजाराम यादव, सन्जय यादव, शिवनारायण यादव, महासचिव मनाेज यादव, सचिव रामचन्द्र यादव, काेषाध्यक्ष रामाधिन यादव, सल्लाहकार जयकृष्ण यादव र अभिनन्दन यादव, जिल्ला सदस्य देवकृष्ण यादव , मोरगं अध्यक्ष सोभित लाल यादव, भोक्राहा नरसिंह अध्यक्ष रमेश यादव, इटहरी अध्यक्ष दिपनारायण यादव,देवानगञ्ज अध्यक्ष शिवानन्द यादव ,  बर्जुका अध्यक्ष सहित पदाधिकारी एवं प्रतिनिधिहरू, समुदायका अगुवा, बुद्धिजीवी, शिक्षा प्रेमी, चिकित्सक, स्वास्थ्यकर्मी सहितको उपस्थिती रहेको थियो ।


कार्यक्रममा दुहवीका नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले समग्र महिला सहित यादव महिला, बालबालिका र जेष्ठनागरिकको पक्षमा आफूले काम गर्ने बताउनुभयो । उहाँले उपप्रमुख भएकाले न्यायीक समिति र योजना समेतमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी गढी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद यादवले आफू यादव सेवा समितिलाई जग्गा र आर्थिक सहयोग गर्ने बचन दिनुभयो । दुहवी ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहवी ४ का मुस्तकिन रैन, यादव नेता रमेश प्रसाद यादव, मनोज यादव, रामचन्द्र यादव सहितले बोल्नुभएको थियो ।   


सम्मानित छोरी बुहारीहरुमा रन्जना यादव, देवसुन्दरी यादव, गिता यादव, अन्जु यादव, रिता यादव, मन्जु यादव, सिता यादव, रामवती कुमारी यादव, इन्दु यादव, सुश्मा यादव, अंकिता यादव, निकिता यादव, प्रिया यादव, भुमिका यादव, सरिता यादव, पुनम यादव, किरण यादव, अन्जली यादव, मन्जु यादव, पुष्पा यादव लगायतका रहनुभएको छ ।


उता नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन भएको छ । पदस्थापना तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र   उच्च शिक्षा हासिल गरेको महिलालाई सम्मान कार्यक्रममा दुहबी नगर कार्य समितिले पदभार ग्रहण गरेको हो ।

नेपाल यादव सेवा समिति नगर कमिटि दुहवीका अध्यक्ष गोविन्द यादव सहितको पदभार ग्रहण गरेको हो । समिति वरिष्ठ उपाध्यक्ष डा. अशोक यादव, उपाध्यक्ष अम्बीका यादव, सचिव ई. निश्चल यादव, सह–सचिव दिनेश कुमार यादव , कोषाध्यक्ष मन्जु देवी यादव सहितको पदभार ग्रहण भएको हो ।

त्यसैगरी सदस्यहरु गोपी यादव,रामप्रताप यादव, प्रमेश्वर यादव,नविन कु. यादव, रामेश यादव, केदार यादव,पवित्रा देवि यादवले समेत पदभार ग्रहण गरेको हो ।

सल्लाहकारहरु अशिष कुमार यादव, विद्यानन्द यादव,संजय कुमार यादव, गंगाराम यादव, संजय कुमार यादव रहनुभएको छ ।