सुनसरीकाे इनरुवामा मकर संक्रान्तिकाे अवसरमा खिचडी कार्यक्रम सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल इनरुवाकाे आयोजना  खिचडी कार्यक्रम सम्पन्न भएको हो ।


सुनसरीका अगुवाहरुकाे उपस्थितिमा भव्यताका साथ हिन्दू स्वयंसेवक संघ नेपालकाे खिचडी कार्यक्रम सम्पन्न भएको दिलिपचन साहले जानकारी दिनुभयो । समता, ममता र समरसताको पर्व मकर संक्रान्तिको पावन अवसरमा संक्रान्ति उत्सव (खिचडी कार्यक्रम) सम्पन्न गरेको साहले बताउनुभयो । कार्यक्रममा हिन्दु महिला तथा पुरुषको गरिमामय उपस्थिति रहेको थियो । एक आपसमा शुभकामना साटासाट गर्दै खिचडी, तिल, चिउरा र भुजाकाे लड्डु पापड सहितको प्रसाद वितरण र ग्रहण गरेर कार्यक्रम  सम्पन्न  गरेको आयोजक समितिका रघुनन्दन मेहताले जानकारी दिनुभयो।


कार्यक्रम  सत्यनारायण मन्दिर इनरुवा-१ मा मंगलबार सम्पन्न भएको  आयोजक माननीय संघचालक राजकुमार मेहताले जानकारी दिनुभयो ।कार्यक्रम माननीय संघचालक इनरुवा नगरपालिकाका  दिगम्बर स्वर्णकार (भोरेभोर)काे अगुवाइमा भएको थियो ।