जयकृष्ण यादव । इनरुवा

सुनसरीकाे गढी गाउँपालिका वडा नम्वर २ मा २०० परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

गढी २ औरवानी पश्चिम टोल र गढी टोलका २०० विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरिएको हो ।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीतलहर सँगै बढेको चिसो र अत्यधिक जाडोलाई मध्यनजर गरि लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले सुनसरीका २०० परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।

फर्वाडले आयोजना गरेको कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो । कार्यक्रममा प्रमुख अथिति भगवती चाैधरीले विपन्न परिवारका सदस्यलाई न्यानो कपडा वितरण गर्नुभयो ।