इनरुवा, माघ १७ गते । सुनसरीको इनरुवा र गढी गाउँपालिकाको सीमा भएर बग्ने गडन खोलाको उत्खनन रोक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । इटहरीका मोननमणी पोखरेलको जिनी जग्गा भन्दै स्थानीय अतित चौधरीले स्काभेटर, टिपर र ठूला सवारी प्रयोग गरी अव्यवस्थित खोला उत्खनन रोक्न गढी २ औरावनीका स्थानीयले गडन खोलाको उत्खनन रोक्नुपर्ने स्थानीयहरुले माग गरेका हुन् ।


गडन खोला आसपासका बासिन्दाले इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रशासन कार्यालय सुनसरी , गढी गाउँपालिका कार्यालय औरावनीमा गडन खोलाको अनाधिकृत उत्खनन रोक्नुपर्ने माग गर्दै निवेदन दिएका छन् । खोलाको डिल समेत र किनारबाट जथाभावीरूपमा बालुवा र माटो निकासीका कारण कटानको जोखिम बढेकाले उत्खनन रोक्न माग गरेका हुन् । सो खोलाको पेटी, डिल सहित ५० मिटर क्षेत्रमा जथाभावीरूपमा माटो काटेर निकासी भएपछि बाढीको जोखिम बढाएको गढी गाउँपालिका–२ का कृष्ण यादवले बताउनुभयो ।


खोला नियन्त्रण गर्नुपर्नेमा स्थानीय सरकारले नै जग्गा सिचाईको नाममा माटो काट्न अनुमती दिएकाले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको भए पनि कुनै कार्वाही नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “समयमै खोला उत्खननमा रोक नलगाए आगामी बर्खामा सतैर र गढीले बाढीको समस्या व्यहोर्नुपर्नेछ ।”
सो खोला किनारबाट जेसिबी, ट्रिपरले जथाभावी माटो काट्ने र झिकेर लाने भएकाले खोला करिब ६ मिटरसम्म गहिरिएको छ । यसअघि जथाभावी खोला उत्खनन नरोकिँदा गत वर्षको बाढीले खोला किनारको विघौबिगाहा जमिनका कटान गरेर क्षति पु¥याएको थियो ।
नदी उत्खनन सम्बन्धी मापदण्ड कार्यान्वयन हुने गरी माटो निकासी गरे आफूहरूलाई कुनै समस्या नहुने स्थानीयवासी बुलबुल यादवले बताउनुभयो । उहाँले सरकारी मापदण्ड र ऐन, कानुन विपरितको काम गरेकाले त्यसलाई रोक्न माग गर्दै प्रहरी प्रशासनमा उजुरी गरेको बताउनुभयो । गढी २ का ब्रहमदेव यादवले जथाभावी खोलाको किनार र डील काट्ने भएकाले त्यसले बाढीको जोखिम र कटान समेत निमत्यिाउने भएकाले त्यसलाई रोक्न माग गर्दै जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनमा उजुरी गरेको बताउनुभयो ।


उता गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले खोलाको माटो कटान नभएको र नीजि जग्गाको माटो काटेको प्रतिकृया दिनुभयो । गढी २ का वडा अध्यक्ष प्रभाकर माझीले जग्गा सम्याउन र सिंचाईका लागि माटो काट्न अनुमती दिएको तर खोला काटेको विष्यामा आफूलाई थाहा नभएको प्रतिकृया निदुहुदै सबै पक्षहरु बसेर छलफल र संवादबाट समस्या समाधान गर्ने बताउनुभयो ।


१, सुनसरीको गढी गाउँपालिका २ औरावनी सतैर स्थित गडन खोलाको किनार , यहाँबाट स्काभेटर, टिपर र ठूला सवारी प्रयोग गरी अव्यवस्थित खोला उत्खनन गरेपछिको अवस्था ।
तस्विर ः जजन्युज । इनरुवा