मिकाईल आलम । हरिपुर
सुनसरीकाे कोशी गाउँपालीका वडा नम्बर ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ ।  सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै  भोक्राहाले १८ औं ओभरमा अल आउट हुदै ५९ रनको योगफल तयार पारेको थियो । ६० रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भण्टाबारी लाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २-२ विकेट लिनुभयाे । खेलको म्यान अफ द म्याच भण्टाबारीका सकिल अहमद घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत अहमद नै भए भने उत्कृष्ट बलर भण्टाबारीकै सहवाज आलम भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी
कोशी गाउँपालीका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदा लगायतले पुरस्कार वितरण गर्नुभयाे। विजेता भण्टाबारीले सिल्ड, मेडल सहित नगद २५ हजार रुपियाँ पुरस्कार हात पारे भने उपविजेता भोक्राहाले ११ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । कोशी गाउँपालीका वडा नम्बर ७ को सहयोगमा एम्स युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगितामा विभिन्न आठ वटा टोलीको सहभागिता रहेको थियो ।