सुरेन्द्र मेहता ।भोक्राहा

। सुनसरीको भोक्राहा नरसिंह २ अकाहा बजार छेउमा एभरेष्ट हाइ स्कुलको वसन्त पन्चमी अर्थात सरस्वती पुजाको अवसरमा उद्घाटन सम्पन्न गरेको छ ।

एभरेस्ट हाइ स्कुलको उद्घाटन कोशी प्रदेश सभा सदस्य प्रमुख अतिथि इस्राइल मन्सुरीले दिप प्रजलन गरेर उदघाटन गर्नु भएको हो।

पारस अस्पतालका संचालक हेम नारायण मेहताले एभरेस्ट हाइ स्कुलमा अध्यनरत अति गरिब तथा विपन्न विद्यार्थिहरुलाई साथै खेल कुद बाट शारीरिक समस्या तथा आँखाको उपचारमा पारस अस्पतालले छुट दिने घोषणा गर्नु भएको थियो । साथै उक्त उदघाटन कार्यक्रममा मनोरञ्जनको रूपमा धार्मिक तथा सान्स्कृतिक झल्किने खालका नृत्य सरस्वती वनदना सहभागीहरुले प्रस्तुत गर्नु भएको स्कुलका अध्यक्ष विकास मेहताले जानकारी दिनु भयो।

कोशी प्रदेश सभा सदस्य प्रमुख अतिथि इस्राइल मन्सुरी युवराज दाहाल भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव , भोक्राहा नरसिंह गाउँ इकाईका कुशवाहा अध्यक्ष मधुला मेहता,श्री शारदा मा वि का व्यवस्थापन समितिका अध्यक्ष राम कुमार मेहता , हेम नारायण मेहता , नुनु लाल उराँव लगायत गाउँबासीहरुको उपस्थिति रहेकोे थियो ।


स्कुल उद्घाटन कार्यक्रमको उदघोष ले गर्नु भएको थियो ।