नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति इनरुवा सुनसरीको सपथ ग्रहण तथा पद-स्थापन

अनिल श्रेष्ठ । इनरुवा
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति इनरुवा सुनसरीको सपथ ग्रहण तथा पद-स्थापन कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा सोमबार”दक्षता अभिवृद्धि र व्यवसायीक मर्यादा का लागी अग्रसर बनौं, अर्धन्यायीक निकायमा रहेका विकृति र विसंगती विरुद्ध संघर्ष गरौं” मुल नाराका साथ एसोसिएसनको भवनमा कार्यक्रम सम्पन्न भएको हो । इनरुवा-३ मा रहेको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति, सुनसरीका नवनिर्मित अध्यक्ष नारायण प्रसाद आचार्य सहितको सपथ ग्रहण तथा पद-स्थापन कार्यक्रम सम्पन्न भएको छ ।


उपाध्यक्ष इन्द्र प्रसाद सुवेदी, सचिब प्रताप भट्टराई, सह-सचिव अर्जुन कुमार दाहाल र कोषाधक्ष चेबन भट्टराई सहितको पद स्थापन भएको छ ।

प्रमुख अतिथी एसाेसिएसनका केन्द्रीय सदस्य हरी प्रसाद पोखरेलकाे उपस्थितिमा पदाधिकारी सहित सदस्यहरुकाे सपथ ग्रहण तथा पद-स्थापन कार्यक्रम सम्पन्न भएको छ ।



सपथ ग्रहण तथा पद-स्थापन कार्यक्रममा सदस्यहरु वेद प्रसाद पोखरेल, मोती लाल चौधरी,रुदिप निरौला,सागर गुरुङ,निर्मल कुमार खवास,गोपाल कुमार यादव, समेतको पद-स्थापन भएको जनाएकाे छ ।