सुनसरी । सुनसरीको गढी गाउँपालिकामा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ६ स्वर्ण २ रजत र १ कास्य ल्याउन सफल भएको एभरेष्ट इ बोडिङ्ग स्कुल प्रथम भएको छ । यसैगरी प्रतियोगितामा ५ स्वर्ण ४ रजत र ३ कास्य ल्याउन सपल भएको लिटिलवडज एकेडेमी द्धितिय स्थान हासिल गरेका छन । तृतिय स्थान पिस वुद्धज्योति एकेडेमीले ४ स्वर्ण २ रजत र ४ कास्य प्राप्त गरेका थिए । कार्यक्रमा प्रथम द्धितिय र तृतिय स्कुललाई शिल्ड तथा नगद पुरस्कारले सम्मान गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि रहेका गढी गाउँपालिकाका प्रमुख आश नारायण चौधरीले शुभकामना मन्तव्य राख्दै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरुका लागि पहिलो खुड्किला भएकोले बिजेता तथा उपविजेता विद्यार्थीहरु अझ मेहनत गरेर राष्ट्रिय खेलाडी बन्न सकोस भन्ने शुभकामना दिएका थिए । 

खेलाडीमा पहिला अनुशान र मेहनत यि दुवै गुण भए खेलमा बिजेता हुनबाट कसैले नरोक्ने चौधरी बताए । पछिल्लो समय खेलकुदको कारणबाट नेपाल विश्वजगतमा चिनिरहेको अवगत गराउँदै स्थानिय स्तरबाटै खेलकुद क्षेत्रमा इक्छा जनाएका प्रतिभाशालीहरुलाई सक्षम बनाई राष्ट्रि तथा अन्र्तराष्ट्रिय खेलाडी निर्माण गर्न स्थानिय, प्रदेश र संघिय सरको प्रमुख दायित्व रहेको गाउँपालिका प्रमुख चौधरीले बताए । 

पालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सँगै अध्यक्षकप लगायत तथा अन्य खेलकुद कार्यक्रमहरु आयोजना गरी ग्रासरुटका खेलाडिहरुको प्रतिभालाई प्रर्दशन गरी उत्प्रेरित गरीरहेको बताए । यसैगरी अवको समयमा खेलाडीहरुले खेलप्रति व्यवसयीकरण बन्दै जानुपर्ने अध्यक्ष चौधरीले बताए । स्थानिय खेलाडीहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गर्न सधैंव गढी गाउँपालिकाको साथ सहयोग रहिरहने अध्यक्षले बताए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष अनिता कुमार शाहले पहिलाको विद्यार्थीहरु घर आउने बितिकै खेल क्षेत्रमा बढी रुचाउने हुँदा विद्यार्थीको शारिरिक विकास संगै चौतर्फि बिकाश हुने गर्थे तर अहिलको विद्यार्थी खेल क्षेत्रलाई छोडेर मोबाइको लत पढाइ सँगै खेल क्षेत्रमा खासै ध्यान नदिएको बताइन् ।

पालिकाले अतिरित्त क्रियाकलाप समय समयमा गरे पनि स्कुलले पनि आन्तरीक रुपमा अत्तिरीत्त क्रियाकलापमा ध्यान दिनु पर्ने पालिकाकी उपाध्यक्ष साहले बताईन् । यस किसिमको क्रियाकपले विध्यार्थीहरुमा मोबाई प्रति रुचि कम हुँदै अत्तिरित्त क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्ने साहले बताईन् । 
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्काले गढी गाउँपालिकाको आन्तरीक श्रोत साधनमा निकै न्युन भएको कारणले पालिकाको सिमित श्रोत साधनको वाबजुतमा पालिकाले भ्याए सम्म खेलकुद क्षेत्रका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बताए । पालिकामा व्यवसायीक खेलाडी उत्पादन गर्न संघिय तथा प्रदेश सरकारले आवश्यक बजेट सहयोग सहजिकरण गराएमा अगामी दिनमा पालिकालाई थप राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका खेलाडी उत्पादन गर्न सकिनेमा सहयोग मिल्ने बताए । 
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाको १० वटा सामुदायिक तथा निजि विध्यालयहरुले सहभातिता जनाएको प्रतियोगिताको संयोजन गरीरहेको क्लब युथ स्पोर्टिङ्ग क्लबले जानकारी गराए ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, विभिन्न स्कुलका प्रअहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , समाजसेवी बुद्धिजिवि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।