सुनसरी जिल्ला अदालतमा मुद्दाको सङ्ख्या बढ्दै, पुससम्ममम २९% मुद्दा फर्छाैट
सुनसरी जिल्ला अदालतमा मुद्दाको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालतमा गत वर्षको जिम्मेवारी सरी आएको ४ हजार १६६ र नयाँ दर्ता भएको २ हजार ८५६ सहित गरेर नयाँ दर्ता अनुमान ६२३९ मुद्दा रहेको जनाएको छ। अदालतले दिएको जानकारी अनुसार १० हजार ३८५ मुद्दा वार्षिक लागत हुने अनुमान गरिएको छ। यहाँ वास्तविक जम्मा लागत ७ हजार २ रहेको र फर्छाैट लक्ष्य ६ हजार ७२० रहेकोमा दुई हजार ८४ थान फर्छाैट भएको अदालतका श्रेष्ठदार टिकेन्द्रजंग राणाले जानकारी दिनुभयो । जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ दशमलव ७६ प्रतिशत मुद्दा फर्छाैट भएको छ । हाल चार हजार ९१८ थान मुद्दा बाकी रहेको छ ।
। जिल्ला अदालत सुनसरीमा दुई वर्ष नागेका मुद्दाहरू समेत रहेको छ। जिल्लामा २ वर्ष बढी नाघेको मुद्दाकाे चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा लागत ६८२ मध्ये ५६७ मुद्दा फर्छाैट भएको छ । हाल १८१ मुद्दा अझैसम्म दुई वर्ष नाघेको भए पनि फर्छाैट हुन बांकी रहेको अदालतले जनाएको छ ।
अदालतले दिएको जानकारी अनुसार थुनुवा सम्बन्धीको मुद्दामा जिम्मेवारी शरी आएको ४४१ र नयाँ दर्ता भएको २३७ समेत गरेर ६७८ थानमुँदा रहेको छ। जसमध्ये ७९ वटा फर्चोट भएको छ। त्यसैगरी नयाँमध्ये १२७ मुद्दा फर्चोट भएको छ। बाँकी रहेको मुद्दाको संख्या ६२१ रहेको छ। यसलाई प्रतिशतमा हेर्दा १८ दशमलव ७३% फर्चोट भएको छ।
सुनसरी जिल्ला अदालतमा बालबालिका सम्बन्धी मुद्दा समेत रहेको अदालतले जनाएको छ। अदालतले दिएको जानकारी अनुसार अहिले २२१ वटा मुद्दा बालबालिका सम्बन्धी रहेको छ। त्यसमध्ये ७६ थान मुद्दा फर्छाैट भएको छ । चालू आर्थिक वर्षमा १४५ मुद्दा चालू अवस्थामा रहेको अदालतले जनाएको छ।
