साहित्यकार पोखरेलको जन्मोत्समा शुभकामनाको आईरो
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन २७ गते । सुनसरी सदरमुकाम इनरुवा निवासी साहित्यकार बिमला पोखरेलको जन्मदिनमा वहाँको माइति घरमा सिजर्नामा इनरुवाको आयोजनामा जन्मोत्सव तथा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

कविता तथा समालोचनात्मक र समिक्षात्मक टिप्पणीमा विषेश कलम चलाउनुका साथै शिक्षण पेशामा रहेर साहित्य क्षेत्रमा योगदान गर्नुभएकी पोखरेलको जन्मदिनको अवसरमा शुक्रबार इनरुवामा भव्य कार्यक्रम गरेको हो । कार्यक्रममा साहित्यकार तथा इनरुवा नगरपालिकाका निवर्तमान उपप्रमुख जमुना गौतम पोखरेलले कविता बाचन गर्दै विमलाको योगदान र व्यक्तित्वको बारेमा चर्चा गर्नुभयो । वहाँले विमलालाई आफू नगर उपप्रमुख हुदाँ इनरुवाको पहिलो कृति प्रकाशन गर्ने महिला सात्यिकारको रुपमा सम्मान गरेको चर्चा गर्नुहुदै आफूलाई बिमलाले जहिले सम्झिने शुभचिन्तक र साहित्यकार, शिक्षक र राजनीतिकमा समेत फड्को मारेको पात्रको रुपमा रहेको बताउनुभयो ।

सप्तरङ्गी साहित्य समाज प्रदेश नं १ का अध्यक्ष रमेन्द्र कोइरालाले कार्यक्रममा सप्तरङ्गी साहित्य समाजकी कोषाध्यक्ष, सिर्जनामा इनरुवाकी तथा प्रगतिशिल लेखक संघकी उपाध्यक्ष, समालोचनाको क्षेत्रमा उदाउँदै गरेकी, छन्द कवि विमला पोख्रेलको जन्मदिनको शुभ उपलक्ष्यमा सुस्वास्थ्य, सुख शान्ति, सकारात्मक सोच तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना दिनुभयो ।

कार्यक्रममा साहित्यकार डम्बरुबल्भ भण्डारी, पुरुषोतम घिमिरे, रमेन्द्र कोईराला, किसोर कोईराला, गिता बस्नेत, द्धारिका पोखरेल, नरेश यादव, सक्षम यादव, कल्पना भट्टराई, रमा दाहाल, विनोदबाबु भट्टराई, मेघराज पराजुली, यादव भण्डारी, सागर तिम्सिना , देवीप्रसाद पौडेल, कल्पना गौतम, बाबुराम भट्टराई, प्रमोद कुमार मण्डल, भानु नारायण साह, प्रेमराज गुरुगं, प्रकाश अनुराग, टिका सिवाकोटी आयार्च, कान्ता पोखरेल भट्टराई, पत्रकार तथा साहित्यकार राजन निरौला र जयकृष्ण यादव सहितकाले जन्म दिनको शुभकामना दिदै वहाँको बारेमा चर्चा गर्नुभएको थियो ।

पोखरेलको जन्मोत्सव कार्यक्रम सृजनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । साहित्यमा पोखरेलले पुर्याएको योगदानको कदर गर्दै उक्त जन्मोत्सव कार्यक्रमको आयोजना गरिएको सिलवालले जानकारी दिनुभयो ।
साहित्यकारहरु पनि एकलै नभएको र साहित्यमा पनि नाम र सम्मान रहेको सन्देश प्रवाह गर्न वहाँको घरमै गएर मौलिक रुपमा जन्मदिन मनाउने क्रममा पोखरेलको पनि जन्मोत्सव मनाइएको संस्थाका रमेन्द्र कोईरालाले जानकारी दिनुभयो ।







