सुनसरी
२०८१, फागुन २ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरामा रहेको अरविन्द पल्प एण्ड पेपर उधोगले आफ्नो फोहोर वर्षौदेखी निर्वाद रुपमा खोलामा फ्याक्ने र मिसाउने गरेकाले सुनसरी खोल दुषित बनेको छ । खोलामा पेपर उद्योगको फोहोर फालेको र विकार तथा रसायनयुक्त फोहर पानीको पाईप र ढल समेत मिसाएकाले खोलाको पानी पूर्ण दुर्गन्धित र फोहोर भएको छ । दुर्गन्ध र फोहोरका कारणले गाईबस्तुलाई खुवाउन, मलामी र कृयापुत्रीहरुलाई नुहाउन तथा खोला किनारमा पम्पसेटको माध्यमबाट सिचाई गर्न समेत समस्या भएको छ । उधोगको लार्वाहीले बढेको प्रदुषणले पानी र सुनसरी खोलाको सभ्यता समेत संकटमा परेकोले स्थानीयहरुले फोहोर फुयाक्ने र प्रदुषण गर्ने उधोगलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय मुर्तुजा मंसुरीले आफूहरुको घरमा उधोगको चम्नीबाट निस्कने धुवा र छाईले फोहोरसगैं आखा र छालाको समस्या देखापरेको गुनासो गर्नुभयो । उहाँले स्थानीय एक सय बढी परिवार र सयौं हेक्टर जग्गामा सिचाई समस्या तथा हजारौ परिवारको पशुपालनमा उधोगले असर पारेको दावी गर्नुभयो । अर्का स्थानीय अब्बदुला मंसुरीले उधोगका कारणले हिन्दुहरुले बार्षिक रुपमा मनाउदै आएको छठ पर्व समेत खोला फोहोर भएकाले मनाउन छाडेर घरमै सिमित हुन पुगेको जानकारी दिनुभयो । उहाँले उधोगलाई व्यवस्थित गर्न र प्रदुणण नियन्त्रण गर्नुपर्ने सुझाव दिनुहुदै फोहोर फाल्ने उधोगीलाई कार्वाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले सुनसरी खोला प्रदूषण नियन्त्रण अभियान सुरु गर्नुपर्ने बताउनुभयो । खोलामा फोहोर फ्याँक्ने उद्योगहरूलाई कारबाही गर्ने अर्का स्थानीय जमरुदिन मियाँले माग गर्नुभयो । पेपर बनाउन प/ल, भुष र फोहोर कागजलाई गलाउन प्रयोग गर्ने रसायन र तताउनका लागि प्रयोग गरेको आगोको धुवा र छाई सहित उद्योगबाट निस्किने फोहोरका कारण सुनसरी खोला प्रदूषित भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

खोला किनारमै सञ्चालित पेपर उद्योगले फोहोर व्यवस्थापनमा ध्यान नदिएको र वातावरण प्रदूषणमा ख्यालै नगरी खोलामा फोहोरमैला मिसाई प्रदूषित बनाइरहेको पाइएकाले त्यस्ता उद्योगमाथि कारबाही गर्नुपर्ने स्थानीय अधिकारकर्मी नुनु साहले बताउनुभयो ।
स्थानीय सरकारले समेत खासै ध्यान नदिएकाले सुनसरी खोला प्रदुषित भएको र त्यसको असर इनरुवा नगरपालिका, हरिनगर , देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकाको पूर्वी तथा दक्षिणवर्ती क्षेत्रका नागरिकहरुलाई परेको स्थानीय रमेश यादवले बताउनुभयो ।
यादवले सरकारसंग उद्योगलाई वातावरण प्रदूषण ऐन अन्तर्गत कारबाहीको अधिकार भएपनि कार्वाही नगर्दा फोहोर फाल्ने क्रम नरोकिएको गुनासो गर्नुभयो ।
अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहोर व्यवस्थापन गर्न उद्योगीलाई सुझाव दिए पनि कार्यान्वयन नभएको पाईएको छ ।
मानवअधिकार रक्षकहरुले फागुन २ गते शुक्रबार गरेको अनुगमनका क्रममा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेन्ट प्लान्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगीहरुले नकुहीने प्लाष्टिक र फलामटिना सहितको फोहोर पनि खोलामा मिएको र केही बाहिर जलाएर प्रदुषण गरेको पाइएको छ । अनौचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहितले स्थानीयबाट आएको गुनासो आधारमा मानवअधिकार रक्षकहरुसंग समन्वय गरेर गरेको अनुगमनका क्रममा फोहोर पानी सिधै खोलामा मिसाएको पाइएको अधिकारकर्मी राजकुमार शर्माले बताउनुभयो ।
जिल्लाको नामाकरण भएको सुनसरी खोला रामधुनी बराहक्षेत्र बीच हुदै इनरुवा दक्षिण भएपछि उधोगको फोहोरले दुषित खोलामा परिणत भएको छ ।
भरौलबाट बग्न सुरु गरेको सुनसरी खोलाको सदरमुकाम इनरुवा हुँदै भारतको विहार राज्य सुपौल अररियासम्म पुगेको छ । उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहोर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण तीन दशक यतादेखि प्रदूषित बनेको हो ।
खरानी, लेदो लगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिने भएकाले खोला प्रदूषित र दुर्गन्धित बनेको इनरुवा ९ बबियाका स्थानीय गंगारा खत्वेले बताउनुभयो ।
खोला आसपासका स्थानीयवासीले प्रदूषण रोक्न माग गर्दै पटक–पटक आन्दोलन समेत गर्दै आएका छन् । उता अरविन्द पल्प एण्ड पेपर मिल्सका प्रशासन प्रमुख पारस अग्रवालले आफूहरुले फोहोर प्रसोधन गरेको र खोलामा फोहोर सिधै नफालेको दावी गर्नुभएको छ । अग्रवालले आफ्नै सात विघामा रहेको उधोग भित्रै फोहोरको व्यवस्थापन मिलाएको जिरिक गर्नुभएको छ ।
यसैबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरामा अर्को पनि बाबा पेपर मिल्स रहेको छ भने उक्त उधोगले आफ्नो फोहोर पानीलाई पुन? प्रयोग विधिबाट व्यवस्थापन गरेको म्यानेजर सुकदेव यादवले बताउनुभयो ।
उधोगसगैं घर रहेको स्थानीय रजावुल मंसुरीले आफूहरुको गाउँमा यो वर्ष मात्रै फोहोर पानी खोलामा मिसाएको र सोही पानी खुवाएकाले चार पशु चौपाया मरेको बताउनुभयो । केही मानिसहरुको समेत आखाँमा समस्या देखएको र छाला रोग निम्तिएको गुनासो गर्नुभयो ।