प्रधानाध्यापकलाई रक्सी नल्याईदिएको भन्दै निकालिएको कार्यालय सहयोगी लक्ष्मी उराँवलाई उच्च अदालत विराटनगरको आदेशमा पुनः बहाली गरिएको छ ।

सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयका कार्यालय सहयोगी लक्ष्मी उराँवले प्रधानाध्यापक तेजनारायण यादवले भनेको बेला रक्सी नल्याएको आरोपमा कामबाट निकालिएको दुई महिनापछि अदालतले निणर्य गलत रहेको भन्दै पुनःवहालीको आदेश दिएकाले शुक्रबारबाट हाजिर हुनुभएको छ ।

वि.स.२०५० सालदेखी इमान्दारिपूर्वक काम गर्दै आएकोमा आफूलाई विद्यालय समयमा नै एक वर्ष अघिदेखी नै कहिले डेरा घरमा काममा लगाउने त कहिले रक्सी ल्याउन भनेको र केही महिनाअघि सधै रक्सी ल्याउन नसक्ने जवाफ दिएपछि आफूलाई जागिरबाटै निकालिएको गुनासो गर्नुभएको थियो ।

त्यसको विषयमा सत्य संसारले समाचार प्रकाशन प्रशारण गरेको थियो भने पिडित उराँवले प्र अ, यादव र विधालय विरुद्ध अदालत जानुभएको थियो ।