सतैरझाेरामा निशुल्क आखां तथा नाक,कान र घाँटी शिविर सम्पन्न

सुनसरीकाे गढी गाउँपालिका ५ मा निशुल्क आखां तथा नाक,कान र घाँटी शिविर सम्पन्न भएको छ । गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझाेराकाे आयोजना र बिराट रानी आखां अस्पताल प्रा. लि. विराटनगर-९ काे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।


शिविरमा आएको १३० विरामी मध्ये ४६ जनामा माेतिया विन्दु र मासु पलाएको विरामी फेला परेकाले उनिहरुलाई बिराट रानी आँखा अस्पताल प्रालि विराटनगर ९ पाञ्चाली चौक, मोरङ, नेपाल (वस पार्कको छेउमा लगिने भएको छ ।

शिविरमा डाक्टर ज्याेति राजवंशी र रुविना बेगम सहितले सेवा दिनुभएको थियो । शिविरमा छनाैट भएका विरामीहरुलाई ५० प्रतिशत छुटमा आँखा अप्रेसन गरिने अस्पतालका प्रशासन शाखा कर्मचारी रामकुमार पंडितले जानकारी दिनुभयो ।


शिविरकाे उद्घाटन गढी ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदारले गर्नुभएको थियो । निशुल्क आखां तथा नाक,कान र घाँटी शिविरमा वडा सचिव श्याम कुमार साह, वडा सदस्यहरु साम्री गुरुङ, राधा ऋषिदेव, श्यामकुमार यादव र रसिद खान सहितको उपस्थिति रहेको थियो ।



शिविरमा अस्पतालका अमित कुमार मण्डलले दिनुभएको जानकारी अनुसार अस्पतालमा प्रमुख सेवा आंखा तथा नाक, कान र घाँटीमा हुने विभिन्न समस्याहरुको चेकजाच तथा उपचार सेवा मर्पित रहेको छ ।

अस्पतालकाे सेवाहरूः
अाँखा जाँच (Eye Check-up): यहाँ विशेषज्ञ चिकित्सकहरु द्वारा आंचा सम्भान्धि सम्पूर्ण रोगहरुको चेक जाँच, उपचार
१. परामर्श सेवा
२. चश्मा तथा कन्ट्याक्ट लेंस (Spectacles & Contact Lenses): चश्मा तथा कन्ट्रयाक्ट लेन्स सम्बन्धि सम्पूर्ण सेवा सुविधा तथा परामर्श सेवा समेत उपलब्ध छ।
३. मोतियाबिन्दुको शल्यक्रिया (Cataract Surgery): हाम्रो यहाँ अत्याधुनिक प्रविधि तथा बरिष्ठ चिकित्शकहरु द्वारा मोतियाबिन्दुको विभिन्न किसिमको शल्यक्रियाहरु सहुलियत दरमा गरिन्छ साके पविधि तथा बरि हरुको लागि विशेष छुटको समेत सुबिधा छ।
४. जलबिन्दु (Glaucoma): को उपचारः जलविन्दु (Glaucoma) सम्बन्धि सम्पूर्ण जांच, उपचार तथा शल्यक्रिया जलबिन्द विशेषज्ञ चिकित्सकहरु द्वरा शुलभ दर मा गरिन्छ।
५. अल्ट्रासाउन्ड (Video X-Ray) र रेटिनोपैथी जांच (Ultrasound & Retinopathy Checkup) हाम्रो यहाँ आधुनिक प्रविधिको Video X-Ray मशिन द्वरा आँखा को भित्रि भागको जाच गरिनुको साथै मधुमेह तथा उच्च रक्तचाप शल्यक्या भएका बिरामीहरुको पर्दाको जांच आधुनिक किसिमको मेसिनबाट गरिन्छ।
६. आँखा सम्बन्धि अन्य शल्यक्रियाहरुः आंखा सम्वन्धि अन्य भिभिन्न किसिमको शल्यक्रिया जस्तै आँखाको पर्दाको शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, आँखाको मासु को शल्यक्रिया, डेढो जांखाको शल्यक्रिया, आँखाको नलीको शल्यक्रिया, तथा अन्य सुख्खाको जाँच गरिन्छ।
७. Myopia Clinic: बच्चाहरुमा हुने अदुर दृष्टिको समस्याको समाधान तथा परामर्श सेवा ।
८. सुख्खा आँखा (Dry Eye Clinic): सुख्खा आंखा भएकी बिरामीहरु लाई अत्याधुनिक किसिमको मेसिनद्वरा चेकजाँच तथा उपचार सेवा उपलब्ध छ ।
९. Low Vision (न्यून दृष्टि) Clinic: चश्मा, औषधि तथा शल्यक्रिया वाट समेत दृष्टि नआउने विरामीहरु लाई अत्याधुनिक किसिमको उपकरणहरु प्रयोग गरि दृष्टि पुर्न स्थापना गरिन्छ।
१०. आँखा उपचार र काउन्सिलिङ (Eye Treatment & Counseling): आँखा सम्बन्धी समस्या भएका बिरामीहरुलाई उपचार र काउन्सिलिङको माध्यमबाट मानसिक र शारीरिक सहयोग प्रदान गर्दछौं।
कान, नाक र घाँटी (ENT) निम्नानुसारका सेवाहरु उपलब्ध छन् :
१. कानको जाँच र उपचार (Ear Check-up & Treatment) कानमा सिङ्गा, संक्रमण, वा अन्य समस्याहरूको जांचे र उपचार सेवा ।
२. नाक र घाँटीको जाँच (Nose & Throat Check-up): नाकको blockage, सर्दी, एलर्जी, घांटीको सूजन, र अन्य समस्याहरूको जाँच र उपचार सेवा।
३. साइनस उपचार (Sinus Treatment): साइनसका समस्याहरूको जाँच र समाधानका लागि उपचार सेवा।
४. सर्जरी सेवाहरू (Surgical Services): कान, नाक र घाँटीका विभिन्न सर्जिकल उपचारहरू, जस्तै टन्सिल सर्जरी, अड्योटाइटिस उपचार, र अन्य सर्जिकल प्रक्रिया सेवा।
५. सांस सम्बन्धी समस्या (Breathing Problems): आस्थमा, एलर्जी, वा अन्य श्वासप्रश्वास समस्याको उपचार र व्यवस्थापन।
आकस्मीक सेवा (Emergency) २४ सै घण्टा उपलब्ध छ ।
सम्पर्क विवरणः
बिराट रानी आँखा अस्पताल प्रा. लि.
ठेगाना: बिराटनगर ०९, मोरङ, पाञ्चाली चौक
फोन नंः ०२१-४७४६६०
हामी तपाईंहरुको आँखाको समस्याको निदान गर्न यहाँ छौं । हामीसँग सम्पर्क गर्नुहोस् र आफूलाई देखाउन नहिचकिचाउनुहोस् । तपाईंको दृष्टिको लागि विश्वास योग्य साथी ।