स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा निरीक्षकको रुपमा सहभागी भएकाहरुलाई सम्मान

संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन् भन्ने नाराका साथ सम्पन्न भएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा निरीक्षकको रुपमा सहभागी भएकाहरुलाई सम्मान गरेको छ ।




सनिवार हिन्दू स्वयंसेवक संघ नेपाल स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजक समितिले स्वयंसेवकहरुलाई प्रशंसा-पत्र सहित सम्मान गरेको हो ।


संघ सञ्चालक राजकुमार मेहताका अनुसार हिन्दू स्वयंसेवक संघ नेपालद्वारा प्रत्येक वर्ष आयोजनामा गरिदै आएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा निरीक्षकको रुपमा सहभागी भई उत्तर पुस्तिका परिक्षण गर्ने कार्यमा सहयोग पुऱ्याउनु भएकोले ५० जनालाई सम्मान गरेको छ ।


निस्वार्थ भावनाले स्वयंसेवक भएर सहयोग एवं समर्पणले संस्कार संस्कृतिकलाई उपलब्धिमुलक बनाउन टेवा पुर्याएकोले सम्मान गरेको जनाएको छ । कार्यक्रम संयोजक मनोज कुमार यादवले सबैलाई उहाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रसंशा-पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।


सम्मानित गर्ने कार्यक्रममा माननिय जिल्ला संघचालक सुनसरीका राजकुमार मेहता, प्रमुख अतिथि जयकृष्ण यादव, अथिति ईश्वर पण्डित र सुकदेव मेहताले अविर, टीका तथा प्रशंसा पत्रका साथ सम्मान गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अथिति इनरुवा नगरपालिकाका उप-मेयर विनिता कुमारी मेहता रहनुभएकाे थियोे ।









