चोरी मुद्धाका फरारी पक्राउ
इनरुवा , फागुन ११ गते । सुनसरीको बराहक्षेत्रबाट चोरी मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंम्बर २ का २७ वर्षीय राजदिप राईलाई पक्राउ गरिएको हो । राईलाई उहाँको आफ्नै घरबाट पक्राउ गरीएको अधिकारीले जानकारी दिनुभयो । चोरी सम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० माघ २९ गते भएको फैसला आदेश अनुसार चार महिना चार दिनको कैद सजाय तोकीएकोमा फरार रहेका राईलाई पक्राउ गरेर सुनसरी जिल्ला अदालतमा उपस्थित गराउदाँ करागार चलान गरिएको जनाएको छ ।