सुनसरीकाे इनरुवा नगर बाल सञ्जाल गठन भएको छ । इनरुवा नगरपालिकाका १० वटा वडाका बाल क्लब तथा वडा सञ्जालका पदाधिकारीहरुकाे नगर भेलाले विनोद घिमिरेकाे अध्यक्षतामा ९ सदस्यीय इनरुवा नगर बाल सञ्जाल गठन भएको हो ।

इनरुवा बाल सञ्जालकाे उपाध्यक्षमा पूजा शाह, सचिवमा रोनिका यादव, सहसचिवमा हिमानी यादव र काेषाध्यक्षमा प्रिन्स खतिवडा चयन भएको छ ।

त्यसैगरी सदस्यहरुमा अक्षता पाण्डे, साई विक्रान्त घोष,युवराज मण्डल, सरिता खवास , स्मत हमन चयन भएको छ । यसैबीच संजालको मासिक बैठक प्रत्येक महिनाकाे पहिलो हप्ता बस्ने जनाएको छ ।

चयन भएको पदाधिकारीलाई इनरुवा उपप्रमुख विनिता मेहताले बधाई सहित बालमैत्री नगरकाे लागि अपिल गर्नुभयो ।