जजन्युज समाचारदाता

सुनसरीकाे भोक्राहा नरसिंह -६ मा आगलागी भएको छ । आईतवार साझ लागेको आगाेले चार परिवारकाे पाचवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय शिक्षक प्रदिप मेहताले दिनुभएको जानकारी अनुसार भाेक्राहा नर्सिङ ६ स्थित उराँव टाेलमा आगलगी हुदाबन्धु उराँव,बुधराम उराँव ,गोपाल उराँव र सवाे उराव लगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

स्थानीयबासी, प्रहरी र काेशी गाउँपालिका, इनरुवा नगरपालिका लगायतका दमकलले आगाे नियन्त्रणमा लिएको जनाएको छ ।


उता आजै सुनसरीकाे हरिनगर २ मा पनि आगलागी भएको छ ।