दुव्र्यसन विरुद्धको अभियान प्रदेशभरी लागु गर्ने गरि इटहरीमा समुद्घाटन कार्यक्रम

जजन्युज समाचारदाता । इनरुवा
इनरुवा , फागुन २१ गते । सुनसरीको इटहरीबाट लागु औषध विरुद्धको अभियानलाई प्रदेशभरी विस्तार गर्ने गरि लागु औषध दुव्र्यसन विरुद्धको अभियान उद्घाटन गर्ने तयारी भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा फागुन २८ गते लागु औषध विरुद्धको अभियानलाई प्रदेशभरी विस्तार गर्ने उदेश्यका साथ अभियान उद्घाटन गर्ने तयारी भएको हो ।


कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आथित्यतामा प्रदेशभरी नै लागु औषध विरुद्धको अभियानलाई लाने गरि उद्घाटन गर्ने तयारी भएको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीमा लागू औषध दुव्र्यसन विरुद्धको अभियान समितिका संरक्षक तथा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कार्य सम्पादन समितिका पदाधिकारी, सल्लाकारहरुको उपस्थिती रहेको थियो । फागुन २८ गते हुने प्रदेश स्तरीय लागु औषध दुव्र्यसन विरुद्धको अभियानको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा समुद्धघाटन कार्यक्रमको संचालन तथा तयारीका लागि सम्पुर्ण पदाधिकारी जुट्ने र कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन आ–आफ्नो जिम्मेवारीमा रही सक्रिय सहभागिता र भुमिका निर्वाहा गरिने निर्णय गरेको जनाएको छ ।



यसैबीच बैठकले जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आउनु भएका प्रहरी नायन उपरीक्षक योगराज खतिवडालाई फ्यान जिल्ला कार्य सम्पादन समितिको संयोजकको रुपमा मनोनयन गर्ने निर्णय गरिएको समितिका सचिव सविना लिम्बुले जानकारी दिनुभयो । सम्पन्न भएको बैठकमा संरक्षक एसपी सुमन कुमार तिम्सिना, संयोजक डिएसपी योगराज खतिवडा, सचिव प्रहरी निरिक्षक सबिना लिम्बु, रुमा रिजाल, सल्लाहकार रमेश भट्टराई, जयकृष्ण यादव, सत्य नारायण मेहता, सह–संयोजक चन्द्र बराल, सदस्यहरु शम्भु अधिकारी, बिनिता दाहाल, बिमला ढकाल, तोया गिरी पोदार, प्रहरी वरिष्ठ नायव निरीक्षक पुन्य प्रसाद अधिकारी सहितको उपस्थिती रहेको थियो ।

बैठकमा जिल्ला कार्य सम्पादन समितिको समयानुकुल पदाधिकारी चयन गर्ने सम्बन्धमा छलफल भएको थियो २८गते हुने प्रदेश स्तरीय दुव्र्यसन विरुद्धको अभियान फ्यान अभियानको समुद्धघाटन कार्यक्रमको तयारी तथा
जिम्मेवारी बाँडफाड सम्बन्धमा छलफल गरेको थियो ।

उक्त बैठकले छलफल गर्दा बिना जानकारी जिल्ला कार्य सम्पादन समितिको नियमित २ वटा बैठकमा अनुपस्थित भएमा कार्य सम्पादन समितिको सदस्यता स्वतः खारेज हुने निर्णय गरेको छ ।

१, जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेको लागु औषध विरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिको बैठकमा कार्यक्रमको तयारीबारे जानकारी दिदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा