दुहबी जेसीजद्वारा रेडियो नेपालकर्मी सम्मानित

जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत २४ गते । सुनसरीकाे दुहबीमा दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका रेडियो नेपाल सुनसरी समाचारदाता आशिष यादव सम्मानित हुनुभएको छ । सम्मान-पत्र सहित दुहबी जेसीजद्वारा रेडियो नेपालकर्मी यादव सम्मानित हुनुभएको हो । दुहवी जेसीज बर्ष २०२५ को “Leading is Our Duty” भन्ने प्रकरणलाई सार्थक एवम् परिणाममुखी बनाउन यादवले पुऱ्याउनु भएको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको मिति २०८१ साल मंसीर २८ गते सम्पन्न निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरेको जनाएको छ । आशिष कुमार यादव महासंघकाे काेशी कार्यसमिति सदस्य पदमा निर्वाचित हुनु भएकोमा दुहवी जेसीज परिवारले बधाई तथा शुभकामना व्यक्त गरेकाे छ। जेसिजले पत्रकारीताको क्षेत्रबाट समाजलाई सूचनाको हक र नागरिक स्वतन्त्रताका लागि पुऱ्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै स-धन्यवाद सम्मान-पत्र प्रदान गरेकाे जनाएको छ । जेसिजले सम्मान पत्रमा भनिएको छ, “तपाईको पत्रकारीता जीवन अझ ऐतिहासिक बनोस् भन्दै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।” दुहबी जेसीजद्वारा सम्मानित यादवलाई दुहबी जेसीज अध्यक्ष जेसी कृष्ण कुमार चौधरी र प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेद नारायाण गच्छदारले सम्मान गर्नुभएको थियो ।