प्रगतिशील लेखक संघ नेपालको १३ औं राष्ट्रिय सम्मेलनबाट डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । हालै सम्पन्न भएको सम्मेलनले ४५ सदस्यीय राष्ट्रिय परिषद् सर्वसम्मत रुपमा संघ गठन भएको छ।

संघमा सुनसरीको इनरुवा क्षेत्रमा रहेर साहित्य ,शिक्षण र राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै विशेष गरेर छन्द कविता,गजल र समालोचनालाई आफ्नो कार्य बनाउदै आउनुहुने साहित्यकार विमला पोख्रेल समेत केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनुभएको छ । उहाँलाई सत्य संसार साप्ताहिक परिवारले हार्दिक बधाई दिनुभएको छ।