जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ४ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशबाट बेरोजगारीलाई अन्त्य गरि १० वर्षमा नेपाललाई विकशित मुलुकमा र एसियाको धनी मुलुकको रुपमा स्थापित गर्ने बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वहाँले सो कुरा बताउनुभएको हो ।
देशको हरेक क्षेत्रमा सरकारले काम गर्दै आएको र नीति तथा कार्यक्रममा समेत नागरिकको हितलाई ध्यानमा राखेकाले रोजगारी सृजना गर्दै विकशित मुलुकको रुपमा स्थापित गर्ने दावी गर्नुभयो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी, पछौटेपन र गरिबी अन्त्य गर्न आवश्यक रहेको कार्कीले बताउनुभयो ।


कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, जनप्रतिनिधिहरु तथा सरोकारवालाको सहभागिता थियो ।
उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सञ्चार र सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँको रुपमा जोडेको समेत बताउनुभयो । वहाँले आफू सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का सांसद समेत रहेकाले अव प्रत्येक घरमा संचारको विस्तार मात्रै नभई रोजगारको अवसर पनि सृजना गर्ने बताउनुभयो । वहाँले विदेशमा श्रम गरेर जोखिम मोलेर ५५ डीग्रीको घाममा काम गरेको र केही खुसीका साथ विदेशिएको तर बाकसमा लाश आउने अवस्थालाई अन्त्य गर्नका लागि रोजगारको अवसर पनि सृजना गर्ने बताउनुभयो ।
सबै विद्यालय तथा कलेजहरुलाई सूचना र प्रविधिमा जोड्ने काम भईरहको जानकारी दिनुभयो । यस क्षेत्रमा विद्यालय सहित भौतिक संरचनाहरु आफ्नो पहलमा निर्माण भईरहेको बताउनुभयो ।
वहाँले जलस्रोतको विकासका लागि नेपाल र भारत बीचमा सहमती गरेर २६४ मेगा वार्ड विजुली भारतलाई पढाएको र त्यसबाट आउने आम्दानीले विकासका कार्य अगाडि बढेको बताउनुभयो । विक्रि भएको विधुतबाट आउने आम्दानीले सडक, संचार र विकासमा योगदान पुग्ने बताउनुभयो ।
सञ्चार र सूचना प्रविधिको विकासको क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा युवा तथा नागरिकलाई लाभ पुग्ने गरि संचार नेटवर्कको विकास गरेको बताउनुभयो । वहाँले अब यस क्षेत्रमा नेटवर्कको कुनै समस्या रहने दावी गर्नुभयो । मन्त्री कार्कीले आफू सुनसरीबासीसंग निकै खुसी रहेको र आफूले गरेको कामबाट नागरिकहरु पनि खुसी भएको हुनुपर्ने बताउनुभयो ।

यसैबीच मन्त्री कार्कीले सप्तकोशी बाढीपीडित क्षेत्र श्रीलंका टाप्पुको निरीक्षण गर्नुभएको छ । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ९ मा बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो । उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिनुहुदैँ मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताउनुभयो ।
त्यसैगरी सनिबार नै कोशी गाउँपालिका लौकही स्थित रहेको टान हलको निरिक्षण गर्नुभएको छ । विहान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इनरुवा–२ का नेपाली काग्रेंसका विन्देश्वरी महतो निधनप्रति दुःख ब्यत्त गर्नुहुँदै वहाँको घरमा पुगेर समवेदना प्रकट गर्नुभएको थियो । वहाँले मृतकका परिवारप्रती ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन् भन्ने कामना समेत गर्नुभयो ।
यसैबीच मन्त्री कार्कीले अहिले हाम्रो देशमा कयौ नागरिक नागरिकता विहिन रहेकाले त्यसलाई सरकारले आफ्नो जिम्मेबारी ठानी सांसदको दुवै सदनले विधेकलाई पास गरेको बताउनुभयो । मन्त्री कार्कीले संसद र राष्टपती विचमा टक्राव आएको भएर टिक्काटिपणी भईरहेको सन्दर्भमा राष्टिय सभा र प्रतिनिधि सभाले फेरी पारित गरेर राष्टपती कहाँ पठाने काम हुनेभएकाले नेपालमा जन्मेर नेपालमै बस्ने तर नागरिकता विहिन रहेकाले अव छिट्टै नागरिकता पाउने बताउनुभयो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद मियाँ, कोशी गाउँपालिकाका कार्यवाहक उपाध्यक्ष अनिता यादव, नेपाल टेलिकमका क्षेत्रिय प्रमुख लक्ष्मण महर्जन सहितको उपस्थिती रहेको थियो ।


१, सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा रिबन काटेर उद्घाटन गर्नुहुदै तथा फोनमा कुराकानी गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

२, सुनसरीको बराहक्षेत्र नगरपालिका ६ श्रीलंका टाप्पु क्षेत्रमा कोशी प्रभावितको अनुगमन तथा निरीक्षणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा