नेपाल लाइब्रेरी फाउन्डेसन नेपालको सुनसरी संयोजकमा साहित्यकार बिमला पोखरेल मनोनित हुनुभएको छ। संस्थाले पठनसंस्कृति प्रवर्धन हेतु सञ्चालन गर्दै जिल्लामा जिम्मेवारी हेर्न कोशी प्रदेश समन्वय समितिले सुनसरी संयोजक बिमला पोखरेललाइ तोकिएको हो। पोखरेललाइ सुन्सरी जिल्ला संयोजक मनोनयन गरिएकोमा आफु खुशी भएको पोखरेलले बताउनु भयो। नेपाल लाइब्रेरी फाउन्डेसनले पठनसंस्कृति प्रवर्धन हेतु सञ्चालन गर्दै आएको गृह पुस्तकालय अभियानको आदर्शवाक्य “घर-घरको सान, गृह पुस्तकालय अभियान” लाई देशव्यापी विस्तार, परिचालन र प्रभावकारी बनाउने उद्देश्यअनुरूप स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय गरी ४ तहगत संरचना निर्माण भएको छ।  कोशी प्रदेश समन्वय समितिको बैठकले गरेको निर्णयानुसार पोखरेललाइ नेपाल लाइब्रेरी फाउन्डेसनको गृहपुस्तकालय अभियानको  जिल्ला संयोजकमा मनोनयन गरेको छ। संस्थाले जानकारी गराउँदै संस्थाको बिधानअनुसार तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुने छ भन्ने विश्वास सहित उत्तरोत्तर प्रगतिको कामना गरेको छ। साथै जिल्ला संयोजक प्रदेश समन्वय समितिको पदेन सदस्य रहने व्यवस्था भएको बेहोरा समेत अवगत गराइएको छ।


पोखरेलका अनुसार संस्थागत निर्देशनमा कुशल, इमानदार, पुस्तकालयप्रेमी, कला साहित्यानुरागी, नेतृत्वदायी क्षमता भएका, यस संस्थाप्रति उत्तरदायी व्यक्तिलाई जिल्ला समन्वय समितिको सदस्य मनोनयन गरेको छ। प्रत्येक स्थानीय तह, पालिका स्तरबाट १-१ जना संयोजक छनौट गरी ७-११ सदस्यीय जिल्ला समन्वय समिति यथाशीघ्र निर्माण गर्ने निर्देशन समेत दिएको
माधव पोखरेल संयोजकले जानकारी दिनु भयो।