जयकृष्ण यादव । काठमाण्डौ

“व्यवसायिक र सिर्जनशील प्रशासन, विकास,समृद्धि र सुशासन” मुल नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८२ को अबसरमा सर्वोच्च अदालतमा कार्यरत इमान्दार कर्मचारी सन्तोष कुमार मेहतालाइ सम्मानित गरेको छ।

निजामती  दिवस २०८२ को अबसरमा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत सुनसरीको भोक्राहा नरसिंह ६ निवासी नायब सुब्बा मेहतालाइ इमान्दारी पुर्वक आफुलाई तोकिएको पदिय जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गर्नु भएकोले सम्मान गरेको हो। सर्बोच्चमा कार्यरत मेहतालाइ  सम्मान पत्र र नगद पुरस्कार सहित मुख्य रजिष्ट्रार विमल पौडेल र प्रधान न्यायधीश प्रकाशमान सिंह राउतले सम्मान गर्नुभएको हो। सर्बोच्चले देशभरिबाट २२ जना लाइ सम्मान गरेको सर्बोच्चले जनाएको छ।

oppo_0
oppo_0

प्रदान गरिएको सम्मान-पत्रमा भनिएको छ, “निजामती सेवा दिवस, २०८२ को उपलक्ष्यमा सर्वोच्च अदालतमा नायब सुब्बा पदमा कार्य। तपाई श्री सन्तोष कुमार मेहताले आफूलाई तोकिएको पदीय जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गर्नु एकोले कदर स्वरूप नगद पुरस्कार सहित यो सम्मान-पत्र प्रदान गरिएको छ।”