झुम्का जेलबाट १५ सय ७२ कैदीबन्दी भागे, इन्सेकले गर्यो झुम्का कारागार अनुगमन

सुनसरी
२०८२, भदौ २५ गते । सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट एक हजार पाँच सय ७२ जना कैदीबन्दी भागेको छ । देशभर जिनजेको आन्दोलन चर्केको बेला भदौ २४ गते राती एक सय बढीको संख्यामा आएका व्यक्तिहरुले झुम्का कारागार प्रवेश गरेर हुलहुज्जत गरेकाले जेलमा रहेकाहरु असुरक्षित हुने भएकाले फितलो सुरक्षाका बीच कैदीबन्दी भागेको हो ।
कारागारमा बाहिरको युवाहरुको दबाब र भित्रका कैदीबन्दीले आन्दोलनको चेतावनी र आगो लगाउने धम्की दिएको करागार प्रशासनले थप क्षती हुन नदिनका लागि प्रहरीहरुले गेटमा सुरक्षा व्यवस्था फितलो बनाएकोले झुम्का जेलबाट कैदी बन्दी भागेको थियो ।
करागारमा कारागारमा रहेको दुई वटा ब्लक मध्ये २२७ जना बाहेक एकसाथ १ हजार ५७२ जना कैदीबन्दी भागेका थिए । मंगलबार कारागारमा एक हजार ७९९ जना कैदी बन्दी रहेकोमा कारागारका १ हजार ५७२ जना कैदी बन्दी फरार भएको थियो ।
झुम्का कारागारका जेलर सुभाष लामिछानेले दिनुभएको प्रतिकृया अनुसार जेलमा कैदीबन्दीको दबाब र प्रदर्शनले कारागारमा मानवीय क्षतीको सम्भावना भएकाले फायर नगरी जान तथा भाग्न दिएको हो । कैदीबन्दीको आन्दोलनको क्रममा बल प्रयोग गरेको खण्डमा मानवीय र भौतिक क्षति हुने देखिएकोले केही भागेको र केहीलाई भगाइएको जेलर लामिछानेले जानकारी दिनुभयो । झुम्का जेलबाट भागेको कैदीबन्दी फेरि पनि ल्याउन सक्ने तर मानवीय र भौतिक क्षतिको आपुर्ति हुन नसकिने भएकोले केही भागेको र फोटो खिचेर जान दिएको लामिछानेले बताउनुभयो । कारागारबाट राती भागे मध्ये बुधबार १३ जना बाटोबाटै आफै फर्किएर आएको समेत लामिछानेले बताउनुभयो ।
यसैबीच झुम्का कारागारबाट एकसाथ ठूलो संख्यामा कैदीबन्दी भागेको तथा फरार भएको घटनाको बारेमा भदौ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुनसरी र प्रदेश कार्यालय विराटनगरले अनुगमन गरेको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रमुख मनोहर पोखरेल र सुनसरी प्रतिनिधि जयकृष्ण यादवले कारागारको अनुगमन गर्नुहुदै जेलरसंग अवस्थाको बारेमा जानकारी लिनुभएको छ । जेलरले मानवीय र भौतिक क्षति हुने देखिएकोले सुरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पछि आएको नेपाली सेनाले समेत कैदी बन्दीलाइ गेटबाटै भाग्न दिएको जनाकारी दिनुभयो । अवस्था काबु बाहिर गएकाले अवस्थाको विषलेशण गरेर भाग्न दिएको बताउनुयभो । कारागारमा सुनसरी सहित नेपाली एक हजार ७४४ र भारतीय सहित विदेशी ६५ जना रहेकोमा राती सबै भारतीय कैदीबन्दी सहित एक हजार ५७२ जना भागेको जानकारी दिनुभयो ।
यसैबीच मंगलबार राती भागेका मध्ये १३ जना भदौ २५ गते दिनभरमा आत्मसर्पण गर्दै पुनः कारागारमा फर्केर आएको समेत जानकारी दिनुभयो । कारागारको ऐ ब्लकका ७ जना र बी क्लकका ६ जना गरि १३ जना भदौ २५ गते पुनः कारागारमा नै फर्केर आएको जानकारी दिनुभयो । केही अझै सम्र्पक आएको र फर्किने बताउदै आएको तर त्रास रहेको बताईरहेको छ ।
१,सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट कैदीबन्दी भागेर फर्केको दृष्य तथा इन्सेकले अनुगमन गर्दै ।
तस्बिर ः । इनरुवा