पत्रकार यादवलाई काठमाडौंमा सम्मान गर्दै

जज समाचारदाता
इनरुवा।
नेपाल यादव सेवा समिति काठमाडौले सुनसरीको इनरुवा निबासी पत्रकार जयकृष्ण यादवलाई काठमाडौंमा सम्मान गर्ने भएको छ।
नेपाली पत्रकारितामा दुइ दशकदेखि क्रियाशील पत्रकार यादवलाई काठमाडौंमा असोज ४ गते सनिवार नेपाल यादव सेवा समितिको अधिबेशन तथा सधारण सभाको अबसरमा सम्मान गर्ने भएको हो। समितिले प्रत्येक वर्ष आफ्नो सधारण सभाको अबसरमा विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्दै आएकोमा यस वर्ष पत्रकारिता क्षेत्रबाट यादवलाई सम्मान गर्ने केन्द्रिय सदस्य विशेश्वर यादवले जानकारी दिनुभयो।
के हुन सम्मान पाउने यादव?
नाम ःजयकृष्ण यादव (सहयोगी)
वुबा ः जसलाल यादव
आमा ः भोलादेवी यादव
जन्म ः २०४१ माघ २५ गते
ठेगाना : इनरुवा नगरपालिका ९ बबिया यादव टोल
शिक्षा ः एमएड (स्नातकोत्तर )
पत्रकारितामा कार्य अनुभव ः २२ वर्ष
साहित्य : प्रवृत्ति फकडा संग्रह प्रकाशित
आबद्ध : सरस्वती मावि बबिया विधालय व्यवस्था पन समिति अध्यक्ष, सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष, महासंघ सुनसरीको सचिव
शिक्षण : सुनसरी बहुमुखी क्याम्पस एक वर्षसम्म
सुर्य किरण एकेडेमी, सुनसरी एकेडेमी सहितको शैक्षिक संस्था
सुनसरी जिल्लाको सदरमुकाम इनरुवाका एक प्रतिष्ठित पत्रकार हुनुहुन्छ। उहाँले इनरुवा क्षेत्रमा साहित्य, कला, र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । गोरखापत्र दैनिकका इनरुवा समाचारदाता रहनुभएका यादव सत्य संसार साप्ताहिक पत्रिका, जजन्युज अनलाइनका सञ्चालक हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा उहाँको सक्रिय योगदानको कदर गर्दै २०६८ सालमा प्रथम महामहिम उपराष्ट्रपति परमानन्द झाबाट, नेपाल सरकारले २०६९ र २०७२ सालमा क्षेत्रिय शिक्षा पत्रकारिता पुरस्कार सहित सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँले विभिन्न क्षेत्रमा पत्रकारिताका माध्यमबाट गर्नुपर्नेको योगदानको कदर गर्दै विभिन्न निकायले १०९ वटा पुरस्कार तथा सम्मानबाट सम्मानित गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ५० हजार रासि सहितको विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित यादव साहित्य क्षेत्रमा पनि सकृय हुनुहुन्छ ।
सुनसरीको सदरमुकाम इनरुवाका पत्रकार यादवले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएकोछ । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो कामको लागि प्रसिद्ध हुनहुन्छ । उहाँका समाचार र रिपोर्टहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याएको छ । उहाँले खासगरी सामाजिक, सांस्कृतिक, साहित्य र राजनीतिक मुद्दामा गहिरो विश्लेषण गर्दै जनचेतना फैलाउने समाचारहरु प्रकाशन गर्नुहुन्छ । डेढ दशकसम्म रेडियोमा काम गर्नुभएका यादवको पत्रिकामा खेल तथा समाचार लेखनीमा प्रामाणिकता र सत्यनिष्ठता प्रकट भएको छ, र यसले उहाँलाई पाठक वर्गमा विश्वसनीयता प्राप्त गराएको छ । साथै, उहाँले विभिन्न समाजिक मुद्दाहरूमा आफ्ना लेख र रिपोर्टहरू प्रकाशित गरेर जनता बीचमा जागरूकता ल्याउनुभएको छ । हालसम्म कुल मिलाएर १० हजार भन्दा बढी समाचार लेख्नुभएको यादवले पत्रकारिता मार्फत समाजको जागरूकता र सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।