अन्तरपुस्ता संवाद कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २८ गते । सुनसरीको इनरुवामा वातावरणिय शान्ति निर्माणको लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकाको जेष्ठ नागरिक र युवा विधार्थीहरू बिच वातावरणिय शान्ति निर्माणको लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक परीवर्तन केन्द्र काठमाडौंका कार्यकारी निर्देशक डा.प्रकाश भट्टराईले सहजिकरण गर्नु भएको थियो । विगत र वर्तमानका पर्यावरणमा भएको परिवर्तन र हावापानी, जल, जंगल र जमिनमा देखिएको असरका बारेमा वातावरणिय शान्ति निर्माणको लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको केन्द्रका जिल्ला संयोजक रमेश भट्टराइले जानकारी दिनुभएको छ ।



१, सुनसरीको इनरुवामा सम्पन्न वातावरणिय शान्ति निर्माणको लागि अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
