सरकारी मापदण्ड अनुसार कार्यसम्पादनको आधारमा र बरियतामा जिम्मेवारी सिनियरले पाउनु पर्नेमा जिल्ला अस्पताल सुनसरीको प्रमुख जुनियरले पाएको खुलेकोछ। सामान्यतया स्वास्थ्यमा कानुनी आधारमा र बरियतामा सिनियरले जिम्मेवारी पाउनुपर्नेमा सिनियरले दिनभरि बिरामी जाचेर बस्ने र जुनियरले सरकारी सुबिधा लिएर काम कम गरेको खुलेकोछ।

यस अस्पतालमा सिनियर नबौ तहका डाक्टर अमरेश कुमार कुशुवाहले प्रमुखको जिम्मेवारी पाउनु पर्नेमा जिल्ला अस्पताल सुनसरीको प्रमुख जुनियर आठौं तहका अमिताभ ठाकुरले जिम्मेवारी पाएको खुलेको हो। पहुँचको आधारमा ठाकुरले बरियता मिचेर प्रमुख पाउनु भएको अस्पताल स्रोतले जनाएको छ। मेहताले आफु सिनियर नबौ तहका डाक्टर भएकोले प्रमुखको जिम्मेवारी पाउनु पर्नेमा उल्टो जिल्ला अस्पताल सुनसरीको प्रमुख ठाकुरलाई बनाएको प्रतिकृया दिनु भयो। ठाकुरले बरियता नमिचेको र आफू मेहता आउनु अगाडी देखि नै जिम्मेवारीमा रहेको बताउनु भयो।