मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
जयकृष्ण यादव। इनरुवा
इनरुवा, मंसिर १४ गते । सुनसरीको इनरुवा देखि बविया जाने क्रममा मोटरसाईकल दुर्घटना हुदा एकजनाको घटना स्थलमा मृत्यु भएको छ ।
इनरुवा वविया सडक खण्डको मगर टोल जिसस सडक खण्डमा तिब्र गतमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जलपापुर निवासी हारुन अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो ।
सुनसरी प्रहरीका अनुसार तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको हो । घटना पश्चात घाईते अंसारीलाई उपचारलागि अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो। को ७ प ४९०५ नम्बरको मोटरसाइकल सवार अंसारी हेलमेट नलगाई मोटरसाइकल चलाएकोले घटना स्थलमा निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको सुनसरी प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनु भएको छ ।

१, सुनसरीको इनरुवा नगरपालिका–२ स्थित मोटरसाईकल दुर्घटना ग्रष्त अवस्थामा मुचुल्का गर्दै प्रहरी ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
