जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २६ गते । साहित्यकार भरत बर्बरिकको कृति बर्बरिकका कविताहरू पुस्तक लोकार्पण भएको छ । सुनसरीको इटहरीमा बर्बरिकका कविताहरू पुस्तक लोकार्पण भएको हो । इटहरी साहित्यिक समूहको आयोजना, मायाघर नेपालको व्यवस्थापन र हलेसी महादेव मिडिया प्रा लिको प्रकाशनमा बर्बरिकका कविताहरू पुस्तकको प्रमुख अतिथि मनु मन्जिल लोकार्पण गर्नुभएको छ । हेमन्त गौतमको सभापतित्यमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिहरु नेत्र काफ्ले, प्रा.डा. भीम खतिवडा, डा.बद्रीविशाल पोखरेल, केशव सुनाम, गोपाल श्रेष्ठ, सुभद्रा प्याकुरेल सहितको उपस्थिती रहेको थियो । उक्तको पुस्तक समीक्षा टीका आत्रेयले गर्नुभएको थियो । कार्यक्रममा विराटनगर, इनरुवा, झुम्का, इटहरी, तरहरा, धरान, केराबारी, सुन्दरहरैँचा, बेलबारी, उर्लाबारी लगायत अनेकौँ स्थानबाट साहित्यिक संघ संस्था, अभियन्ताहरूको उपस्थिति रहेको थियो । साहित्यकार बर्बरिकले पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम मायाघर नेपालमा आश्रित मानवहरूका लागि खर्च गरिने बताउनुभयो ।


कृतिमाथि समीक्षा गर्दै समीक्षक मुना आत्रेयले कवितामा गहिरो भाव रहेको उल्लेख गर्दै कविले कवितामार्फत पाठकलाई रुवाउन सक्ने अद्भुत क्षमता रहेको बताउनुभयो । उहाँले कृतिलाई संवेदनशील र भावप्रवण रचनाहरूको सशक्त संग्रहका रूपमा व्याख्या गर्नुभयो ।
त्यस्तै साहित्यकार भीम खतिवडाले नाटक मन परे झैं यस कृतिका कविताहरू अझ प्रभावशाली रहेको बताउदै कविताले पाठकलाई भित्रैसम्म हराउन बाध्य बनाउने, मुटु र मस्तिष्कलाई थेरापी दिने र ऊर्जाशील अनुभूति गराउने खालका रचनाहरू समेटिएको धारणा व्यक्त गर्नुभयो । राधा सुवेदी,सविना श्रेष्ठ ,नवीन थापाले कृतिबाट एक–एकवटा वाचन गरेका थिए । कार्यक्रममा कविहरुको बाक्लो उपस्थिति रहेको थियो।


१, साहित्यकार भरत बर्बरिकको कृति बर्बरिकका कविताहरू पुस्तक लोकार्पण गर्दै ।
तस्विर ः