सुनसरी
२०८२, माघ ८ गते । सुनसरीमा प्रतिनिधि सभा निर्वाचनका लागि भएको मनोनयन दर्तामा महिला उम्मेदबारको संख्या न्युन रहेको छ ।


जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा कुल १०८ जनाको उम्मेदबारी दर्ता हुदाँ १९ जना मात्रै महिलाको उम्मेदबारी परेको छ । यो सख्या कुलको झण्डै १७ दशमलव ६ प्रतिशत मात्रै हो ।
प्रमुख राष्टिय राजनीतिक दलबाट नेकपा एमालेले क्षेत्र नम्बर ३ मा भगवती चौधरी, नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर २ मा रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा गोमा तामागं र जनता समाजवादी पार्टी नेपालले क्षेत्र नम्बर ४ मा सविता यादवलाई उम्मेदबार बनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा कुल २६ जनाको उम्मेदवारी दत्र्ता हुदाँ दुइ जना महिलाले मनोनयन दत्र्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृत दिव्यराज घिमिरेले दिनु भएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोमा तामागं र स्वतन्त्र रूपमा जिवनकला राइले मनोनयन दत्र्ता गराउनुभएको छ । यस क्षेत्रमा धरानको निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहित २६ जनाले मनोनयन दत्र्ता गराउनुभएको छ ।
त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा २८ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउदाँ त्यसमा सात जना महिलाको मात्रै उम्मेदबारी परेको छ । यो संख्या पुरुषको तुलनामा निकै न्युन रहेको देखिन्छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमारी चौधरी, नेकपा माओवादीबाट कृष्ण कुमारी दनुवार, नेमकिपाबाट गिता मैया बिजको, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, संघीय लाकतान्त्रिक राष्टिय मञ्चबाट तुलसा लिम्बु, स्वतन्त्रबाट अन्जना देवी गुप्ता र रोसनी राई सहित सात जना महिलाको मनोनयन दर्ता भएको छ । यस क्षेत्रबाट राजनीतिक दलतर्फ पाँच जना र दुई जना स्वतन्त्र गरि सात जना महिलाको उम्मेदबारी परेको छ । यो २५ प्रतिशत मात्रै हो । यस क्षेत्रमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व कोशी प्रदेश सभा सदस्य राजिव कोईराला सहित २८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा २० जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउदाँ त्यसमा पाँच जना महिलाको मात्रै उम्मेदबारी परेको छ । यो संख्या पुरुषको तुलनामा निकै न्युन रहेको देखिन्छ । यो संख्या पुरुषको तुलनामा ७५ प्रतिशत कम हो अर्थात महिला उम्मेदबारी २५ प्रतिशत मात्रै रहेको देखिन्छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक दलतर्फ नेकपा एमालेबाट भगवती चौधरी र नेमकिपाबाट प्रकृति बासी तथा स्वतन्त्रबाट कुमारी उराँव, सुमनकुमारी चौधरी, कासनी थरुनी सहित पाँच जना महिलाको उम्मेदबारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जनाकारी दिनुभएको छ । यस क्षेत्रमा नेपाली काग्रेसको नेता एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री विजय कुमार गच्छदा सहित २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा ३४ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउलाँ त्यसमा पाँच जना महिलाको मात्रै उम्मेदबारी परेको छ ।
यस क्षेत्रबाट राजनीतिक दलतर्फ जनता समाजवादी पार्टीबाट सविता यादव र नेपाल मजदुर किसान पार्टीबाट चन्चला न्हिनुवुको उम्मेदबारी परेको छ । त्यसैगरी स्वतन्त्रको तर्फबाट पावर्ती मुखिया, फुलकुमारी खान, यमुना केसी सहित पाँच जना महिलाले उम्मेदबारी दर्ता गराउनुभएको छ । यो संख्या पुरुषको तुलनामा निकै न्युन रहेको देखिन्छ । यसक्षेत्रमा नेपाली काग्रेसको नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित ३४ जनाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा गोमा तामागं


नेकपा एमालेले क्षेत्र नम्बर ३ मा भगवती चौधरी,

नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर २ मा रामकुमारी चौधरी,

जनता समाजवादी पार्टी नेपालले क्षेत्र नम्बर ४ मा सविता यादव