इनरुवा, माघ २१ गते । राष्टीय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह बालेल सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ४ का मतदातालाई भाउ नदिएकोमा असन्तुष्टी बढेको छ । सयौंको संख्यामा भेला भएका नेताकार्यकर्ता र मतदाताहरुलाई उपेक्षा गर्दै बालेन भागेपछि कार्यकर्ताहरु निरास भएर घर फर्केका छन् ।

सप्तकोशी नदीमा नाउ खियाउन भ्याउने बालेन सुनसरी २ र ४ का नागरिकलाई इनरुवा पार्टी कार्यालयमा भेला बोलाएर भेटन भ्याउने भएपछि विरोध समेत भएको छ । इटहरीमा आफ्नै उम्मेदबारको माला अस्विकार गर्ने बालेनले कोशीमा रमाईलो गर्न ढिलो हुनेभएकाले इनरुवा पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्ता र नागरिकलाई भेटन नभ्याएको खुलेको छ । नाटकमा पोक्त रहेका बालेनले कोशीमा रमाईलो गर्न जाने भएपछि नेताकार्यकर्ताहरुलाई भेडाबाख्रा झै वेवास्ता गर्दै भागेका स्थानीयहरुले गुनासो गरेका छन् । कोशीमा नाउ खियाउन भ्याउने बालेन सुनसरी २ का उम्मेदबार लालविक्रम थापा र ४ का दिपक साह समेतलाई बेवास्ता गर्दै नेताकार्यकर्ता र सर्मथक नागरिकलाई अपमान गर्ने काम गरेको भन्दै आलोचना भएको छ ।इनरूवामा बालेन शाहलाई ल्याउन नसकेकाेमा रास्वपा उम्मेदवारले माफी मागे ।भीडसँगै सुरक्षा थ्रेट प्रमुख कारण रहेकाे भनाई । कार्यक्रम तय गरी छिट्टै इनरूवा ल्याउने भनाई । बालेनलाई बजार क्षेत्र हुँदै पार्टी कार्यालय रहेकाे शान्तिचाेक ल्याउने तयारी थियाे । साेही अनुरूप समर्थककाे भीड जम्मा भएकाे थियाे ।