इनरुवा, माघ २५ गते । अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मनोयन दर्ता गराएका सुनसरीका उम्मेदवारहरुले आ आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलोमा पुग्न थालेपछि सरगर्मी बढेको छ । मुख्य राजनीतिक दलदेखी स्वतन्त्र रुपमा उम्मेदबारी दिएकाह्ररु समेत मतदाताका घरघरमा पुगेर आफ्ना चुनावी रणनिति, योजना र प्रतिबद्धता व्यक्त गर्न थालेकाले सरगर्मी बढेको हो ।
चर वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार चुनावी मैदानमा रहेका र सबै आ आफ्नो पक्षमा मत माग्न र मतदाता फकाउन घरदैलौमा पुगेकाले चुनावी माहोल तातेको स्थानीयहरुले बताएका छन् । यहाँका मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), राष्टिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नयाँ श्रम शक्ती पार्टी र उज्यालो पार्टी सहित २८ वटा राजनीतिक दल र स्वतन्त्रका गरि १०८ प्रतिस्पर्धी देखिएको छ । स्वतन्त्रदेखी दलसम्मका सबै उम्मेदबारहरु यती बेला मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । सुनसरी क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवम् नेकपा एमालेका उम्मेदबार भगवती चौधरी र नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदार दैनिक जसो गाउँटोलमा मतदातासंग भेटघाटलाई बाक्लो बनाएको छ । यस क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार असोश कुमार चौधरी, नेकपामा दुर्गेस चौधरी पनि घरदैलौलाई तिब्र पार्नुभएको छ । यहाँ पुरानो ठूलो पार्टी र नयाँ बीच कडा प्रतिस्पर्धा हुने भएकाले सबै आ आफ्नो पक्षमा मत हाल्न भन्दै घरदैलोमा उत्रिएका छन् ।
गत माघ ६ गते भएको उम्मेदवारी दर्ता गराएकाहरुले दुई हप्तासम्म सम्र्पक कार्यालयहरु वडावडामा स्थापना गरेकोमा सनिबारदेखी उम्मेदवारहरु घरदैलोमा लागेका छन् ।
उम्मेदबारहरुले आफ्नो चुनावी अभियान अन्तर्गत निर्वाचन परिचालन समिति, प्रचारप्रसार समिति, दलित, महिला, मुस्लिम, जनजाती, युवा सहितको भातृ संस्थाहरुको छुट्टाछुटै परिचालन समिति, गठन गरेर घरदैलामा लागेको छ ।


१, घरदैलोमा सुनसरी क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री भगवती चौधरी ।