बाबुराम मुडियारी 

मोरड. / मोरड.को ग्रामथान गाउँपालिकाको वडा नं २ को झगडाईटोलका कृषकहरुलाई एक दिने माटो नमुना संकलन र उर्वराशक्ति सुधार सम्बन्धि स्थलगत तालिम आज सम्पन्न भएको छ lसो तालिम ग्रामथान गाउँपालिकाको कृषी विकास शाखाको प्राविधिक सहयोगमा संञ्चालन गरिएको छ l यस तालिम गाउँपालिकामा माघ २८ गते देखी फागुन ५ गते सम्म विभिन्न वडामा संञ्चालन गरिने ग्रामथान गाउँपालिका कृषी शाखा  प्रमुख  सुरेन कुमार माझी ले जानकारी गराउँनु भयो l

तालिममा २५ जना कृषकहरूको सहभागीता रहेको थियो l तालिममा कृषी बालि, करेसाबारी लगाएतमा हरीयो मल प्रयोग  गरी अर्गानिक बालिहरुको खेती गर्नुपर्ने र माटोको नमुना संकलन,  जांच  लगाएत गरिएको थियो l  तालिममा सहभागि कृषकहरू लाई रसायनिक खादमल,बिषाधीहरुको कम प्रयोग गरि माटोको उर्वराशक्ति बढाउनुपर्नेमा जानकारी कृषी शाखाका प्राविधिक सुबोध कुमार माझीले जानकारी गराएका थिएl